नेकपा एमाले ओखलढुंगाको अध्यक्षमा जीबी खड्का, कुन पदाधिकारीको कति मत ?

 नेकपा एमाले ओखलढुंगाको अध्यक्षमा जीबी खड्का, कुन पदाधिकारीको कति मत ?

कपन अनलाइन

काठमाण्डौ,चैत २८।

नेकपा एमाले ओखलढुंगाको अध्यक्षमा ज्ञानबहादुर खड्का जिवी विजयी भएका छन् । दशौं जिल्ला अधिवेशनबाट निकटतम प्रतिस्पर्धी हर्कबोल राईलाई १३ मतले पराजित गर्दै खड्का अध्यक्षमा निर्वाचित भएका हुन् । खड्काले १४४ र राईले १३१ मत ल्याएका छन् । अध्यक्षकी उम्मेदवार तारा कार्कीले ३ मत ल्याएकी थिइन् ।

उपाध्यक्षमा कमलप्रसाद न्यौपाने विजयी भएका छन् । झम्कहरी बडाललाई ९५ मतले पराजित गर्दै न्यौपाने विजयी भएका हुन् । न्यौपानेले १८२ र बडालले ८७ मत ल्याएका छन् । सचिवमा अशोक थापा निर्वाचित भएका छन् । प्रतिस्पर्धी टंकलाल गिरीलाई ३९ मतले पराजित गर्दै थापा निर्वाचित भएका हुन् । थापाले १५२ र गिरीले ११३ मत ल्याएका छन् । २ उपसचिवमा राजिव कट्वाल र अस्मिता थापा विजयी भएका छन् । कट्वालले दामोदर धमला र थापाले रमिला मगरलाई पराजित गरेका हुन् ।

कट्वालले १३८ र धमलाले १२९ मत ल्याएका छन् । महिला उपसचिवमा थापाले १७४ र मगरले ९८ मत ल्याएकी छन् । एमालेको दशौं अभिवेशनबाट उपाध्यक्षमा निर्वाचित न्यौपाने म्यान अफ द इलेक्सन भएका छन् । निर्वाचनबाट सबैभन्दा बढी मत ल्याएर उपाध्यक्ष जित्ने न्यौपाने निवर्तमान सचिव हुन् । उपाध्यक्ष पछिको बढी मत उपसचिव थापाको छ ।

जिवी खड्कालाई प्रदेश कमिटी सदस्य तथा पूर्वमन्त्री अम्बिरबाबु गुरुङ र निवर्तमान उपाध्यक्ष तथा संविधानसभा सदस्य रहेका हर्कबोल राईलाई केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य यज्ञराज सुनुवारको समर्थन थियो । निर्वाचित अध्यक्ष खड्का प्यानलबाट उपाध्यक्ष, सचिव र १ उपसचिव कट्वालले जितेका छन् । राई प्यानलबाट पदाधिकारीमा १ उपसचिव थापा निर्वाचित भएकी छन् ।

तपाइँको प्रतिक्रिया ।