बुढानिलकण्ठ नगर अस्पतालको पहिलो सेवाग्राही बने पुर्व प्रधानमन्त्री केपी ओली ….

बुढानिलकण्ठ नगर अस्पतालको पहिलो सेवाग्राही बने पुर्व प्रधानमन्त्री केपी ओली ….

कपन अनलाइन

काठमाण्डौ,बैशाख १।

नेकपा एमालेका अध्यक्ष अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली बुढानिलकण्ठ नगर अस्पतालको पहिलो सेवाग्राही बनेका छन।२०८१ साल बैशाख १ गते बुढानिलकण्ठ नगर अस्पतालको उद्घाटन गर्न वडा नं १० कपन पुगेका ओलीले रुपैया १ हजार तिरेर सेवा लिएका छन।

बुढानिलकण्ठ नगरपालिकाको गौरवको योजनाका रुपमा रहेको सो नगर अस्पताल उद्घाटन संगै स्वास्थ्य विमा कार्यक्रम पनि शुरु गरिएको छ।

नवनिर्मित अस्पताल भ्रमण गरेका पुर्व प्रधानमन्त्री ओलीको स्वास्थ्य जाँच डा. भगवान कोइरालाले गरेका थिए भने अस्पतालले प्रदान गर्ने सेवाहरुका बारेमा पनि जानकारी दिइएको थियो।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उद्घाटन गरिएको सो अस्पतालमा  हाल ओपिडी सेवा प्रदान गरिएको सो नगर अस्पतालमा १५ सैया सहित विभिन्न स्वास्थ्य सेवाहरु प्रदान गरिनेछ

 

 

 

तपाइँको प्रतिक्रिया ।