नगरवासीको हितमा काम गर्न गोकर्णेश्वर नगरपालिका कटीबद्द छ :अग्नि प्रसाद अधिकारी (प्रमुख प्रशासकीय अधिकृत)

नगरवासीको हितमा काम गर्न गोकर्णेश्वर नगरपालिका कटीबद्द छ :अग्नि प्रसाद अधिकारी (प्रमुख प्रशासकीय अधिकृत)

कपन अनलाइन

काठमाडौं चैत्र २७ । (कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरणका लागि गोकर्णेश्वर नगरपालिकाले के कस्ता प्रयासहरु जारि राखेको छ? यस समबन्धमा कपन अनलाइनका विकल सापकोटाले गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नि प्रसाद अधिकारी संग गरिएको कुराकानीमा आधारित सामाग्री यहाँ प्रस्तुत गरिएको छ )

चीनको हुवेई प्रान्तबाट सुरु भएको नोवेल कोरोना भाइरस (कोभिड–१९) हाल विश्वको अधिकांस देशहरुमा फैलिसकेको छ । नेपालमा पनि हाल सम्म ९ जनामा कोभिड–१९ को संक्रमित फेला परेकोमा १ जनामा यो निको भईसकेको छ । नेपालमा पनि कोभिड–१९ को संक्रमण स्थानिय रुपमा एक व्यक्तिको परिवारबाट आफन्तमा सरेको कारण दोस्रो चरणमा प्रवेश गरेको अवस्थामा हाल सम्म यस गोकर्णेश्वोर नगरपालिकामा कसैलाई पनि संक्रमण देखिएको छैन, जुन खुशीको कुरा हो ।

तर यसो भन्दैमा हामीले सतर्कता अपनाउन छोड्नु हुदैन र हामीले संक्रमण जोखिम न्युनिकरणको लागि सक्दो प्रेयासहरु जारी राखेका छौ विश्वमा नै यसको असरको संकेत गम्भीर अवस्थाको देखिनु र छिमेकी राष्ट्रमा पनि संक्रमणको संख्या दिन प्रति दिन बढ्दै जानुका कारणले संक्रमणलाई देशमा भित्रिन तथा फैलिनबाट रोक्न लकडाउन नै उत्तम उपाय भएको हुँदा नेपाल सरकारले चैत्र ११ गते बाट दुई हप्ताको लागि लकडाउन गर्दै आईरहेकोमा थप ८ दिनलाइ थपि बैशाख ३ गते सम्मलाइ लकडाउन गर्ने निर्णय गरेको छ ।

आफ्नो जनतालाई कोभिड–१९ संक्रमणबाट बचाउन र क्षति न्युनिकरणको मनसायले राज्यद्वारा अवलम्वन गरेको विधिलाई यस गोकर्णेश्वर नगरपालिकाले पूर्ण रुपमा नगरवासीलाई पालना गर्न आव्हान गरिसकेको छ । सिमित स्रोतका बाबुजुत पनि गोकर्णेश्वर नगरपालिका कोरोना भाइरस को जोखिम न्यूनीकरण को लागि सक्रिय भएर लागेको लागेको र छोटो अवधिमा धेरै तयारी गरेको छ ।

राज्यद्वारा निर्देशित नीति, नियम तथा मापदण्डहरुलाई लागु गरी समयमा नै स्वास्थ्यकर्मीहरुको तयारी, स्वास्थ्य संस्था व्यवस्थापन, औषधी तथा उपकरणको उपलब्धता, पि.पि.ई वितरण र जनतालाई कोभिड–१९ को संक्रमण र रोकथामबाट बच्ने उपायहरु नगरवासी माझ माइकिङ, पर्चा पम्पलेटिङ र सामाजिक संजाल मार्फत संप्रेशण गर्ने कार्यहरु भइरहेको छ ।

नगर प्रमुख सन्तोष चालिसेको नेतृत्वमा निर्देशक समिति गठन गरिएको,वडा समन्वय समिति गठन त्यसै गरि गोकर्ण प्राथमिक अस्पतालका प्रमुख डा.सृजना पाण्डेयको नेतृत्वमा RRT गठन गरिएको ,नगरपालिका भित्र रहेका स्वास्थ्य संस्थाहरुको क्षमता मूल्यांकन गरिएको, हाल सम्म नगरपालिकाले बिभिन्न ब्यक्तिहरुसंगको पहलमा ३५ वटा PPE को व्यवस्था गर्न सफल भएको, नगरपालिका भित्रका सबै सरकारी स्वास्थ्य संस्थाहरुलाई पी पी ई (PPE)मास्क ,ग्लोब्स पन्जा उपलब्ध गराएको त्यसै गरि नेपाल अर्थोपेडिक अस्पताल, नेपाल मेडिकल कलेज र प्रस्तावित आइसोलेसन व्यवस्थापनका लागि PPE उपलब्ध गराएको छ।

जनतालाई सेवा सुविधा उपलब्ध गराउन यस गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेको अध्यक्षतामा वडा अध्यक्ष, नगरसभा सदस्य एवं नगरपालिका कर्मचारीहरुको संयुक्त बैठकले जनप्रतिनिधि, सुरक्षाकर्मी, राजनैतिक दल, स्वास्थ्यकर्मी तथा कर्मचारी संलग्न एक नगर स्तरीय बजार अनुगमन समिति निर्माण गरेको छ ।

त्यस्तै वडा स्तरमा पनि वडा अध्यक्षको संयोजकत्वमा सबै पक्षलाई समावेश गरि वडा स्तरीय बजार अनुगमन समिति बनाई काम भईरहेको छ । गोकर्णेश्वर नगरपालिका भित्र डा. सुवास प्याकुरेलको संयोजकत्वमा स्वास्थ्य तथा बातावरण शाखा प्रमुख सहित १३ जना डाक्टर सम्मिलित नगरस्तरीय response hotline team गठन गरि परिचालन गरिएको,नगरबासीलाई पर्न सक्ने समस्या, गुनासो तथा आवश्यक जानकारी तथा परामर्श सेवा दिन हट लाईन सम्पर्क नं. को समेत व्यवस्था गरिएको छ ।

नगरबासीलाई खाद्यान्नको अभाव हुन नदिन किराना, तरकारी तथा खाद्यान्न पसल निश्चित समयमा खोली सामाजिक दुरी कायम गरी व्यवस्थित तरिकाबाट विक्री वितरण गर्ने विषयमा नेपाल प्रहरीको सहयोगमा व्यापक निगरानी भइरहेका छन् ।गोकर्णेश्वर नगरपालिका का सबै स्वास्थ्य संस्थाहरुलाई आवश्यक औषधीहरु निरन्तर उपलब्ध गराइरहेको र पर्याप्त मात्रामा औषधी संचित रहेको छ ।

गोकर्णेश्वर नगरपालिका को सहकार्यमा नेपाल मेडिकल कलेज अत्तरखेलमा ज्वरो क्लिनिकको संचालन भइ आएको र आवश्यकता अनुसार आइसोलेसन बेडलाइ तयारी अवस्थामा राखिएको ,महिला स्वास्थ्य स्वयम् सेविका, वडा सदस्यहरु र नगरपालिका का कर्मचारीहरु बाट विदेश बाट फर्किएका जनताहरु र नगरबासीहरु संग टेलिफोन मार्फत सम्पर्क गरि जानकारी लिई यस समबन्धमा उठेका जिज्ञासाहरुको निराकरण गरिदै आएको छ ।

नगरपालिकाले डिजिटल डाटा सर्वे गरेको हुनाले प्रत्येक नगरबासीको सम्पर्क नम्बर नगरपालिका संग भएको हुँदा नगरपालिकामा कल सेन्टर को ब्य्वास्था गरी नगरपालिकाको डिजिटल प्रोफाइल डाटा को प्रयोग गरि प्रत्येक घरपरिवारलाई टेलिफोन मार्फत सम्पर्क गर्ने कार्य भइरहेको र सबै परिवारका सदस्यहरुको स्वास्थ्य समबन्धि जानकारी लिने काम जारि रहेको छ ।

विश्व स्वास्थ्य संगठनले दिएको सुझाव आपसी भेटघाट कम गर्ने, भिडभाड नगर्ने, शारीरिक निकटता कम गर्ने, सामाजिक दुरी कायम गर्ने, साबुन पानीले बारम्बार २० सेकेन्ड सम्म मिचिमिचि हात धुने, मास्कको प्रयोग गर्ने जस्ता तरिका अपनाई संक्रमण फैलिनबाट आफु र अरुलाई बचाउने उपायहरु गम्भीरतापूर्वक पालना गर्न समेत नगरपालिकाले सूचना जारी गरी लागु गरिएको छ ।गोकर्णेश्वर नगरपालिकाले आफ्ना जनतालाई जोखिम मुक्त बनाउने उद्देश्यमा केन्द्रित रहि नगरपालिका भित्रका मुख्य मुख्य स्थानहरुमा संक्रमण फैलिन नदिन किटनाशक औषधि छर्कने काम भएको छ ।

वडा अध्यक्ष लगायत अन्य जनप्रतिनिधि ज्यूहरुलाई कोरोना संक्रमण रोकथामको विरुद्धमा आ–आफ्नो वडामा समन्वयात्मक हिसावले युद्ध स्तरमा खटिन नगरप्रमुख ज्यूले विभिन्न बैठकहरुमा निर्देशन दिनु भएको छ । आफुले पनि प्रशासनिक कार्य तथा खर्चमा पारदर्शितालाई ध्यानमा राखी सावधानी पूर्वक नियमित कामहरु गर्न अनुरोध गरेको छु । नगरवासीको सुरक्षाको लागि नगरपालिका अत्यन्तै संवेदनशिल रहि आएको छ ।आवश्यक पर्ने सेवा सुविधा, राहत वडा कार्यालयहरुवाट प्रभावकारी रुपमा प्रवाह भइरहेको छ । नगरवासीमा अत्यावश्यक समयमा आवश्यक पर्दा प्रयोग गर्न वडा अध्यक्ष ज्यु हुरुले आफ्नो निजि सवारी साधनलाई प्रयोग गर्न दिने समेत बताएर उदाहरणीय काम गरेका छन ।

यस नगरपालिकामा गएको एक महिना भित्र विदेशबाट आउनु भएका व्यक्तिहरुको १ देखि ९ वडाबाट तथ्याङ्क संकलन गरि होम क्वारेन्टिनमा बस्न अनुरोध गरिएको छ । यस्ता व्यक्तिहरुको परिवार तथा आफन्तलाई पनि सचेत हुन आग्रह गरिदै संकास्पद व्यक्तिहरुको कोभिड–१९ बाट संक्रमित भए नभएको यकिन गर्न ल्याव टेस्टको प्रकृया अगाडी बढि रहेको छ ।

स्वास्थ्य सेवाका लागि बाहेक अन्य समयमा घर बाहिर नजान, त्रसित नभई सावधानी अपनाउन, लकडाउन अवधिभर धैर्यता पूर्वक सरकारी आदेशको पालना गर्न र घरमा आफ्नो परिवारसंग बसी सृजनात्मक तथा रचनात्मक कार्यहरुमा आफू तथा बालबालीकाहरुलाई संलग्न गराउन सामाजिक संजाल तथा बैठकहरु मार्फत कोरोना विरुद्धको लडाईमा एक्यबद्ध हुन नगरपालिकाले आग्रह गर्दै आईरहेको छ ।

लकडाउनका कारणले श्रमिक, विपन्न वर्ग, अपाङ्ग, तथा गरिव परिवारलाई दैनिक गुजारा चलाउन मुस्किल परिरहेको अवस्थालाई ध्यानमा राखी नगरनेपाल सरकारको नीतिमा रहेर वडा अध्यक्ष ज्यूहरुको अध्यक्षतामा सर्वदलिय राहत वितरण समिति गठन गरी चामल, दाल, चिनी, तेल, चिउरा लगायतका खाद्यान्न वडा स्तरमा वितरण कामको थालनी भइसकेको छ ।नगरपालिकाले कोरोना विरुद्धको लडाईलाई जित्न कुनै कसर बाकी नराखी राजनैतिक दल, समाजसेवी, जनप्रतिनिधि एवं सम्पूर्ण आम नागरिकलाई एक्यबद्धता गरी जिम्मेवारी पूर्वक कामहरु गर्दै आईरहेको छ ।बिषय बिज्ञ संग परामर्श लगायतको कार्य गर्दै आएको छ ।अवका दिनहरुमा पनि यस संक्रमणबाट गोकर्णेश्वर नगरवासी कोहि पनि हताहत हुन नपरोस भनि समय सापेक्ष कार्यक्रम र स्वास्थ्य सेवा संचालन गर्न नगरपालिका कटिबद्ध रहेको छ ।

कोभिड–१९ विरुद्धको अभियानमा घरमा नै बसेर, संयमित बन्ने, मनोबल उच्च राखी मानविय कर्तब्य पुरा गरी परोपकारी बन्ने तथा संक्रमणको शंका लागेमा जाच गर्न ढिलासुस्ती हेलचक्रयाई नगरी सचेत नागरिक बन्नु पर्ने बेला आएको छ ।

तपाइँको प्रतिक्रिया ।