शुभकामना : दिवाकरप्रसाद आचार्य (कविता )

शुभकामना : दिवाकरप्रसाद आचार्य (कविता )

कपन अनलाइन

काठमाडौं , बैशाख १५।

प्रायः संक्रान्ति आगामी शनिबार भौमबार छन् ।
पहिलो मेष–संक्रान्ति शनिबार नै परेछ झन् ।
राजा यो वर्षको भौम मन्त्रीमा शनि पर्दछन् ।
आपसमा हुन् दुबै शत्रु झगडामात्र गर्दछन् ।

जुझाइ वृषको परदा मिचाइ वत्सको परे ।
जनताको बुरी हालत हुन जाने छ लौ भरे ।
यदि यस्तो भए हायः पर्नेर्छन् सब मिचाइमा ।
म गर्छु ईशमा विन्ती न परुन् क्वै थिचाइमा ।

तसर्थ कामना गर्छु मंगलको सबमा अब ।
फलोस फुलोस यश् कीर्ति न परुन् द्वन्द्वमा कब ।
शशि दिक्पाल आकाश लोचनान्वित वर्षको ।
म व्यक्त गर्छु मनदेखि सबमा शुभ–कामना ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।