गजल : गीता अनुरागी

गजल : गीता अनुरागी

कपन अनलाइन

काठमाडौं , बैशाख १५।

जीवन मेरो अस्तव्यस्त जताततै जाम थियो ।
तिम्रो नाम जप्दै जप्दै बस्नु बिना काम थियो ।

अबसरबादी दुनिया हो जसले जति भने पनि
अवसरबाट बिहिन गर्ने मेरो आफ्नै राम थियो,

तिम्रो सहर झिलिमिलि आवरण मात्र राम्रो ।
मलाई सुख खुशी दिने मेरो आफ्नै गाम थियो ।

समानता नाराहरु जति उर्ले पनि आज’
भेदवाब नगर्ने हावा, पानी, घाम थियो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।