यमनको संघर्ष ‘विनाशकारी गृहयुद्ध’: राष्ट्रसंघ

यमनको संघर्ष ‘विनाशकारी गृहयुद्ध’: राष्ट्रसंघ

न्युयोर्क, २७ चैत । संयुक्त राष्ट्रसंघले यमनमा संघर्षरत सबै पक्षलाई अन्तर्राष्ट्रिय कानुनको पालना गर्न आग्रह गरेको छ ।
यमनमा जारी संघर्षप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रसंघले सर्वसाधारण र सहायताकर्मीहरु आक्रमणमा परेको स्वीकार्य नहुने बताएको छ ।

un-logo-300x255
यमनको संघर्षलाई राष्ट्रसंघले ‘विनाशकारी गृहयुद्ध’को संज्ञा दिएको छ । यमनमा सिया मुस्लिम विद्रोहीका कारण दुई हप्तायता तनाव छ ।
यमनका राष्ट्रपति भागेर हाल साउदी अरेबिया पुगेका छन् । इरानले यमनका विद्रोहीहरुलाई हतियार उपलब्ध गराउँदै आएको साउदी अरेबियाको आरोप छ ।

तपाइँको प्रतिक्रिया ।