बुढानिलकण्ठ नगरपालिकालाई LEADS Nepal को ज्ञापनपत्र,विद्यालय अनुगमन स्थगित गर्न माग !

बुढानिलकण्ठ नगरपालिकालाई LEADS Nepal को ज्ञापनपत्र,विद्यालय अनुगमन स्थगित गर्न माग !

कपन अनलाइन

काठमाण्डौ,बैशाख १२।

शिक्षा र विकासका लागि नेतृत्वदायी समाज, नेपाल (LEADS Nepal) ले बुढानिलकण्ठ नगरपालिकालाई ज्ञापन पत्र बुझाउदै विद्यालय अनुगमन स्थगित गर्न माग गरेको छ।

शैक्षिक तथा अन्य क्रियाकलाप, खेलकुद, गोष्ठि, तालिम र बिभिन्न शैक्षिक कार्यक्रमहरु संचालन गर्न असहजहुने गरी आएको सर्कुलर र हालै विद्यालयहरुमा भएको अनुगमनजस्ता कार्यसँग केही बिमती राख्दै (LEADS Nepal) ले शैक्षिक सुधारका लागि विभिन्न सुझाव समेत प्रदान गरेको छ।

शैक्षिक गतिबिधिहरुमा हुने कुनै प्रकारका हस्तक्षेप, भ्रमपूर्ण समाचार, योजनामा पूर्ण असहमति जाहेर गर्दै सो संस्थाले विद्यालय संचालन भएको समयमा ठूलो जमातमा कर्मचारीहरु  तथा पोसाक सहितको प्रहरीहरुको प्रबेशले शैक्षिक बाताबरणमा खलल पुग्न जाने र विद्यालय संचालनमा असर पुग्ने कुरामा सचेत रहन  आग्रह समेत गरेको छ।

के छ ज्ञापन पत्रमा ?

शिक्षा र विकासका लागि नेतृत्वदायी समाज, नेपाल,

Leaders For Education And Development Society, Nepal”

                                      (LEADS Nepal)

                          Budhanilkantha , Kathmandu

LEADS Nepal को  तर्फबाट बुढानीलकण्ठ नगरपालिका प्रमुख समक्षपेश गरिएकोशैक्षिक सुधार र सुझाब सम्बन्धीज्ञापनपत्र :
बुढानीलकण्ठ नगरपालिकाभित्र रहेका विद्यालयहरुलाई विविध पक्षमा नियमन गरी आफ्नो शैक्षिक तथा अन्य क्रियाकलाप, खेलकुद, गोष्ठि, तालिम र बिभिन्न शैक्षिक कार्यक्रमहरु संचालन गर्न असहजहुने गरी आएको सर्कुलर र हालै विद्यालयहरुमा भएको अनुगमनजस्ता कार्यसँग केही बिमती राख्दै हरेक कार्यमा परस्पर समन्वय गरी सो शैक्षिक कार्यहरुमा उत्कृष्टता हासिल गर्ने कार्यभार नगरपालिका प्रमुख ज्यूले लिनुहुनेछ भन्ने अपेक्षाका साथ यो ज्ञापनपत्र पेश गरिएको छ ।
प्रस्ताव तथा अवधारणाहरु निम्न उल्लेखित रहेका छन् ।
क) हालै भइरहेको विद्यालय अनुगमनले विद्यार्थी भर्ना लगायतका शैक्षिक क्रियाकलापलाई असर गर्ने हुँदा सो कार्य स्थगन गरी भर्ना अभियान सञ्चालनमा ध्यान दिन अनुरोध गर्दछौं ।
ख) विद्यालयमा भएका गैर शैक्षिक गतिबिधिहरु प्रति पूर्ण असहमति राख्दै कहि कतै भएको पाइएमा हुने कारबाही प्रक्रियामा सघाउने प्रतिबद्वता ब्यक्त गर्दछौं ।
ग) शैक्षिक सामाग्री बितरण , स्वस्थ भोजन ब्याबस्थापन , आबास र यातायातको सुबिधा शैक्षिक गतिबिधि भित्रनै पर्नेहुँदा नियमक निकायको सुझाब र दायरा अनुरुपनै गर्ने गराउने प्रण गर्दछौं ।
घ) शिक्षा र स्वास्थ्य जस्ता आधारभूत बिषयहरुमा हुने ब्यापारीकरणको अन्त्य गर्न स्थानीय सरकार सहित तिन तहको सरकारको कार्यहरुमा पूर्ण समर्थन राख्दै शैक्षिक गतिबिधिहरुमा हुने कुनै प्रकारका हस्तक्षेप, भ्रमपूर्ण समाचार, योजनामा पूर्ण असहमति जाहेर गर्दछौ।
ङ) नगरपालिका भित्र रहेका विद्यालयहरुको शैक्षिक योगदानलाइ कदर गर्दै बिभिन्न क्षेत्र र सँस्थाहरुबाट नियन्त्रणमा लिइएका शैक्षिक सामग्री हरु यथाशिघ्र ससम्मान फिर्ता दिइ सामाजिक कार्यमा प्रयोग गर्न गराउन अभिप्रेरित गर्न अनुरोध गर्दछौं ।
च) विद्यालय शान्तिक्षेत्र हो । विद्यालय संचालन भएको समयमा ठूलो जमातमा कर्मचारीहरु  तथा पोसाक सहितको प्रहरीहरुको प्रबेशले शैक्षिक बाताबरणमा खलल पुग्न जाने र विद्यालय संचालनमा असर पुग्ने कुरामा सचेत रहन जानकारी गराउदछौं ।
छ) बुढानीलकण्ठ नगरपालिकाभित्र रहेका विद्यालयहरुको शैक्षिक सँस्थाभित्र नगरपालिका मार्फत भर्ना अभियानलाइ हतोत्साहित बनाउने कार्यबाट यस नगरभित्रका विद्यार्थी बाह्य नगरभित्र गइ भर्ना भएमा नगरको शैक्षिक अबस्थाप्रति बुढानीलकण्ठ नगरलाइ नोक्सानी हुने ठहर गर्दछौ ।
(LEADS Nepal) को  तर्फबाट शैक्षिक सुधार सम्बन्धि केहि सुझाब हरु
१) बुढानीलकण्ठ नगरपालिका भित्र रहेका विद्यालयहरुमा कार्यरत शैक्षिक टिमलाई शैक्षिक बातावरण प्रबर्धन गर्ने योजना अघिबढाउनु हुन ।
२)सबै विद्यालयहरुका शिक्षकहरुको शैक्षिक, ब्याबसायिक, सामाजिक, नैतिक स्तरलाई उँचो राख्ने   कार्यक्रमहरुमा जोड दिनु हुन ।
३) अभिभावक केन्द्रित विभिन्न सामाजिक जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नु हुन ।
४) आवश्यकिय युग सुहाउँदो शिक्षामा जोड दिनु हुन ।
५) विद्यार्थीहरुलाइ हरेक गतिबिधिमा सामेल हुन अभिपे्ररित गर्नु हुन । सो कार्यका लागि आवश्यक सामाग्री र कार्यक्रमहरु उत्पादन गरि अघि बढाउनु हुन ।
६)बिशेष चाडपर्व र उत्सवहरुमा नगरपालिका को तर्फबाट विभिन्न कार्यक्रमहरु आयोजना र संचालन गर्नु हुन ।
७) नगरपालिकाको समग्र शैक्षिक सुधारको कार्यक्रम सँस्थागत विद्यालयहरुलाइ समावेस गराउनु हुन ।
८) गुणात्मक शैक्षिक सुधारका लागि नविन तरिकाले सोच्ने वातावरण बनाउनुहुन ।
९)नगरपालिकाको शिक्षा महाशाखाबाट लागू गरिने कार्यक्रमका सम्बन्धमा आबश्यक राय सुझाब लिनु हुन ।
हार्दिक धन्यबाद सहित बुढानीलकण्ठ नगरपालिका प्रमुख समक्ष ीभ्ब्म्क् ल्भउबकिो तर्फबाट यो पत्र पेश गर्दछौं ।
मिति २०८१/०१/११ गते मंगलबार ।
बिष्णु चन्द्र अधिकारी
अध्यक्ष
तपाइँको प्रतिक्रिया ।