विश्वकै ठुलो डमरु ल्याइयो, बुढानीलकण्ठ महोत्सव भव्य बन्दै

विश्वकै ठुलो डमरु ल्याइयो, बुढानीलकण्ठ महोत्सव भव्य बन्दै

1385800_919314314755350_4194195472526739701_n

कपन अनलाइन\चैत्र २७, २०७१

बैशाख १ गते हुने काठमाडौंको बुढानीलकण्ठ महोत्सवको रमझम शुरु भएको छ । महोत्सवको शुरूवातगर्ने क्रममा   विश्वकै एक मात्र ठूलो डमरु बुढानिकण्ठ महोत्सवमा स्थापित गरिएको छ । १२ फिट लम्बाई, ८ फिट अग्लो उक्त डमरु दर्शनका लागि महोत्सवमा राखिएको हो ल्याइएको हो ।

हिन्दूहरूका आरध्यदेव महादेव शिवको मनपर्ने बाजाको रुपमा रहेको डमरुलाई स्वामी शिवानन्दको एकल पहलमा निर्माण गरिएको हो ।  लगभग ७ सय केजी तौलको यो स्वामी शिवानन्दको पहलमा महोत्सवमा राखिएको हो। विश्वकै ठूलो डमरूभित्र्याउने क्रममा  “हाम्रो बुढानीलकण्ठ राम्रो बुढानीलकण्ठ जाँउ है बुढानीलकण्ठ” भन्ने नाराका साथ बाजागाजा, विभिन्न झाँकीसहित  बुढानीलकण्ठ महोत्सवको र्‍याली निकालिएको थियो । र्यालीले भव्यरूपमा ल्याएको डमरुलाई बुढानिलकण्ठ मन्दिरका संरक्षक निगमानन्दजीले विधिपूर्वक पूजा मन्दिर परिसरमा भित्र्याएका थिए ।

बैशाख १ गते प्रधामन्त्रीबाट उद्घाटन हुने महोत्सवको सुरक्षार्थ ५० जना सशस्त्र प्रहरीको टोली तैनाथ गरिएको छ । त्यसैगरी  हिन्दू र बौद्ध परम्पराअनुसार पूजापाठ र हवन गरी राष्ट्र शान्ति र विश्व शान्तिको कामना गर्दै विश्वकै सबैभन्दा ठूलो डमरू दर्शनका दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

स्थानीय मौलिकता तथा सांस्कृतिक पक्षलाई उजागर गर्न तथा प्रशिद्ध बुढानीकण्ठ मन्दिरलाई विश्व सम्पदा सूचिमा राख्ने पहल स्वरूप आयोजित बुढानीलकण्ठ महोत्सवमा धेरै भन्दा धेरै मानिसहरू सहभागि हुने आशा गरिएको आयोजकले जनाएको छ ।

(फोटोः दुर्गाराज पाठक)

 

तपाइँको प्रतिक्रिया ।