सार्वजनिक जग्गा बचाउन वडा नं. १४ को लाखे पोखरीमा पार्क बन्ने !!

सार्वजनिक जग्गा बचाउन वडा नं. १४ को लाखे पोखरीमा पार्क बन्ने !!

Children_Day_vector_wallpaper_168029t

कपन अनलाइन संवाददाता\२०७१ चैत्र ६
कपनमा रहेको एेतिहासिक मानिने लाखेपोखरी क्षेत्रमा चिल्ड्रेन पार्कको सम्भावना खोजिएको छ । बुढानीलकण्ठ नगरपालिका वडा नं १४ मा रहेको लाखेपोखरी कपनलाई परिचय गराउने एेतिहासिक क्षे्त्र मानिन्छ । नगरपालिकाले चिल्ड्रेन पार्क एवम् उद्यान शीर्षकमा  वडा नं. १४ लाई बजेट परेको छ । वडा नं. १४ मा लाखेपोखरीभन्दा महत्वपूर्ण र पार्क बनाउन योग्य ठाउँ भने धेरै नै छन् तर   नागरीक वडा मञ्च संयोजक शम्भु भट्टराइको आँखा लाखे पोखरीतिर रहेको बताइन्छ ।

लाखे पोखरीमा रहेको करिब ५ रोपनी जग्गामा बिभिन्न समूह उपसमुहहरु बिबिध नाममा भवन बनाउन सिफारिस माग्न आएपछि चिल्ड्रेन पार्क बनाउने संभावना खोजिएको भनाइ वडा नागरीक मंचका उप संयोजक मुरारी भण्डारीले बताए ।  नगरपालिकाबाट पारित योजनाहरुको सम्झौता गराउनका लागि लाखेपोखरी वालउद्यान निर्माण समितिको भेलासमेत भैसकेको छ  । लाखे पोखरीमा बालपार्क बनाउनका लागि नगरपालिका मार्फत ५ लाख रुपैया विनियोजित भएको र ७२\०७३ मा पहिलो चरणको काम सम्पन्न गरिसक्नुपर्ने भएकाले सो कार्य अघि बढाउन समितिको गठन  गर्ने क्रम सुरू गरिएको हो ।

ढुङ्गेन चोकदेखि पैयाटार जगडोलसम्म फैलिएको  वडा नं. १४ मा अत्यन्त सम्भावनाहरु रहेको थुप्रै ठाउँ रहेको बताउदै राष्ट्रकै ठुलो शहिद पार्क जाने यस मार्ग समेत यहि वडामा रहेकाले अवसरहरुको सदुपयोग गर्न लाखे पोखरीमा पार्कको सम्भावना खोजिएको संयोजक शम्भु भट्टराइको भनाई थियो । संयोजक  भट्टराईले भौतीक योजना  मन्त्रालय मार्फत पैयाटार सहिदपार्क जाने बाटोमा एक करोड विनियोजन भएको भन्दै अब ढुङ्गेन चोक देखी फैका सम्मको बाटो तथा ढल व्यवस्थापनको लागि समेत आवश्यक बजेट माग गरिएको बताए ।

कपन अनलाइनसँग कुरा गर्ने क्रममा उपसंयोजक मुरारी भण्डारीले वडा नं १४ मा नै दुईवटा बालबलिकाका लागि पार्क निर्माण गरिने कार्य  अघि बढेको जानकारी दिए । जगडोलमा पनि पार्क बन्ने तयारी भैरहेको छ ।

तपाइँको प्रतिक्रिया ।