एमेनेष्टि इन्टरनेसनल समुह ८० का संयोजक दिपक अधिकारी

एमेनेष्टि इन्टरनेसनल समुह ८० का संयोजक दिपक अधिकारी

कपन अनलाइ -चैत -६ – बद्रि भट्टराई/

समुहमा २५ जना सदस्य रहने गरी समुह निर्माण हुने एमेनेष्टि इन्टरनेसनलमा दिपक अधिकारी वालबालिकाहरुका लागि कार्यरत समुह ८० का संयोजक हुन । जोसेमा मा.वि.का साहयक प्रधानअध्यापक समेत रहेका अधिकारी एमेनेष्टि इन्टरनेसनलमा विगत ६ वर्ष कार्यरत रहदै आएका छन ।

20150319_094853

मानव अधिकार रक्षाका लागि विश्वका १४० राष्ट्रमा कार्य गरिरहेका एमेनेष्टि इन्टरनेसनले मानव अधिकार उलग्न र हननका घटनाहरुका विरुद्धमा यसले आफ्ना कार्यहरु गदै आइरहेको हुन्छ । मानव अधिकारको क्षेत्र भित्र रहेको वालवालिकाहरुको अधिकारका विषयमा कार्य गर्दै आइरहेका दिपक अधिकारी वालवालिकाहरुको जन्मसिद्ध अधिकारको सुनिश्चितता लागि आफु लागि परेको उनले बताए ।

यस अभियानका समुह ८० का संयोजक अधिकारीको नेतृत्वमा मलेसियामा मृत्यु दण्ड सुनाइएका हरी घले रिहाइका लागि हस्ताक्षर संकलन अभियान, पाकिस्थानको आर्मी विद्यालमा भएको निन्दनीय हत्याको विरुद्धमा ¥यालीको आयोजना, स्कुल कलेज जाउ अभियान , मेरो शरीर मेरो अधिकार लगायतका अन्य महत्वपूर्ण मानव अधिकार रक्षाका विषयमा अभियानहरु सञ्चालन गरिरहेका छन ।

तपाइँको प्रतिक्रिया ।