चुनिखेल, टुसाल सुरक्षा साइरन जडित क्षेत्र

चुनिखेल, टुसाल सुरक्षा साइरन जडित क्षेत्र

13900703_652591438229025_222161106_n

कपन अनलाइन /२२ साउन ।

बुढानिलकण्ठ नगरपालिका चुनिखेल वडा नंबर  १६ टुसाल गाउँ सुरक्षा साइरन जडित क्षेत्रबनेको छ । स्थानीय बासी हरुको सहयोग संकलन गरी युबा समाज सेवी  टिकेस नारायण श्रेष्ठको संयोजकत्वमा  सामाजिक सुरक्षा साइरन जडान गरिएको हो ।

अपराध (चोरी,लागू औषधि ) नियन्त्रण, आगलागी , दैबिक प्रकोप ,तथा प्राकृतिक प्रकोप विभिन्न दुर्घटना बाट हुन जाने समस्या हरु को समाधान को निम्ति सामजिक सुरक्षा साइरन तत्काल खबरदारी  गर्नकोलागी उपयुक्त माध्यम बन्दै आएको छ ।

चुनिखेल टुसालमा जडित सो साईरनले  करिब तीन सय घर धुरी (१५०० जनता ) लाभान्वित हुने छन। सामाजिक सुरक्षा साइरन जडान ले यहाँ का जनता हरु मा अझ बढी एक अर्का मा सहयोग को बिकास हुने मैले देखेको  छु  । सामाजिक सुरक्षा साइरन जडान समितिका संयोजक टिकेस श्रेष्ठले कपन अनलाइन लाई बताए   । सुरक्षा साइरन आजबाट संचालित भएको हो  ।

received_652599868228182

प्रत्येक  घर मुलि हरुलाइ साइरन को कोड नम्बर दिईएको र अप्ठेरो परेपछी मोबाईल बाट कोड नम्बर थिचे पछि ठाँउ – ठाँउ मा राखेको साइरन बज्छ र सम्पुर्ण गाउँ बासी सहयोग को लागि जुटनेगरी प्रबन्ध मिलाएर अपराध एवम् प्राकृतिक प्रकोपको समयमा एकाकार हुन यसले मद्दत पुग्ने गाउँबासीले बताए ।

तपाइँको प्रतिक्रिया ।