विवाद र सहमतिबीच तरुण दल बुनपामा राजुबिक्रम थापाको रुपमा सन्तुलित अनुहार

raju b

कपन अनलाइन, साउन २१, २०७३

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४ र बुढानिलकण्ठ नगरपालिकामा पछिल्ला ६ महिनादेखि समन्वय र मेलमिलापको अभाव गुज्रिरहेको छ । यहाँ गुटगत राजनीतिको खाडल बढेको तथा १३ औँ महाधिवेशनपछि भएका हरेक गतिबिधि कहिँकतै स्वार्थप्रेरित भए भन्ने आक्षेपबाट प्रभावित छ । यहाँको राजनीति निरन्तर कुनै न कुनै कार्यक्रम भैरहे पनि निषेधात्मक राजनीति भएको आरोपबाट मुक्त छैन ।

काठमाडौं क्षेत्र नं. ४ र बुनपामा यतिखेर नेपाली कांग्रेस तरुण दल गठन अन्तिम चरणमा छ । तरुण दल गठनमा पनि निषेधको राजनीति भएको आक्षेप आइरहेको छ । तरुण दल गठनअन्र्तगत कामनपा ८ र बुनपा १२ मा विवाद चरमोत्कर्षमा पुगेको थियो । बुनपा १२ मा समानान्तर कमिटि गठन भएको कुरासमेत चर्चामा रहेको छ भने कामनपा ८ मा अझै तरुण दल गठन हुन सकेको छैन । यस क्षेत्रमा पर्ने बुनपा र कामनपाको सबै वडाभित्र नेताहरुमा निषेधको राजनीति बढ्दै गैरहेको आरोप लागेको बेला आज बुनपा तरुण दल कमिटि निर्माण भएको छ ।

आज गोल्फुटारमा भएको तरुण दलको नगर कमिटि गठन पनि आरोप तथा निषेधात्मक राजनीतिभन्दा पृथक रहन भने सकेन । कतिपय नेता तथा कार्यकर्ताले आफूहरुलाई निषेध गरेकोमा सार्वजनिकरुपमा विरोध गरे भने उनीहरुको विरोधको शैली ठीक नभएको गुनासो पनि देखियो । केही विरोधबीच अन्तत सन्तुलित व्यक्ति नगर अध्यक्ष बनेकोले धेरैले सकारात्मकरुपमा लिएका थिए । दिउँसो विरोध गर्ने व्यक्तिहरु पनि नगर अध्यक्षको रुपमा राजुविक्रम थापाको नाम घोषणासँगै मत्थर भएको थिए ।

सबैसँग मिल्ने स्वभावका राजुविक्रम थापा लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सदस्यसमेत हुन् । युवाहरुमाझ लोकप्रिय थापा सांसद तथा प्रभावशाली केन्द्रिय सदस्य गगनकुमार थापासँग पनि अत्यन्त निकट मानिन्छन् भने नेका जिल्ला सभापति सबुज बानियाँ र क्षेत्र नं ४ सभापति राजु श्रेष्ठसँग पनि राम्रो सम्बन्ध भएको मानिसको रुपमा चिनिन्छन् ।

निषेधको राजनीति चलिरहेको क्षेत्र नं. ४ मा तरुण दल बुनपा अध्यक्षका रुपमा सन्तुलित अनुहार आएसँगै धेरैले खुशी जनाएका छन् । राजुविक्रम थापाको आगमनसँगै यस क्षेत्रमा देखिएको अनावश्यक विवाद तथा तनावको राजनीति कमजोर हुने आशा गर्न सकिने देखिन्छ । एक सहभागिले राजुविक्रम थापाले क्षेत्र नं ४ को राजनीतिमा सकारात्मक सन्देश लिएर आएको बताए । स्वयम् राजु विक्रम थापा पनि सबैलाई मिलाएर पार्टीभित्रको सत्तापक्ष र प्रतिपक्षजस्तो व्यवहारलाई अन्त्य गर्न आफूले युवाहरुलाई परिचालित गर्ने बताउँछन् ।

आज अपरान्ह भएको प्रथम वुनपा तरुणदल अधिवेशनमा नेका केन्द्रिय सदस्य प्रकाशमान सिंह प्रमुख अतिथिको रुपमा उपस्थित थिए भने नेका जिल्ला सभापति सबुज बानियाँ, क्षेत्र नं ४ सभापति राजु श्रेष्ठ, क्षेत्र नं ५ सभापति रमेश खड्का तरुणदल कार्यवाहक अध्यक्ष राधा घले, महासमिति सदस्यहरु कर्माछिरिङ शेर्पा, लाक्पा शेर्पा आदिको उपस्थिति थियो । प्रथम अधिवेशनले राजुबिक्रम थापाको अध्यक्षतामा कमिटी गठन गर्ने क्रममा लक्ष्मण श्रेष्ठ उपाध्यक्ष, जगत पराजुली सचिब तथा ज्योती लामा कोषाध्यक्षमा निर्वाचित गरेको छ । त्यसैगरी पार्वती श्रेष्ठ, बिजेन्द् श्रेष्ठ र विकेश महर्जनलाई जिल्ला प्रतिनिधि बनाइएको छ ।

बसन्त गौतमले खिचेको केही फोटाहरू:-

13957398_1234081313271478_1669352973_n 13956862_1234081363271473_682923233_n 13884509_1234081416604801_225541762_n 13942239_1234081223271487_1579747450_n 13936567_1234081493271460_2061448118_n

तपाइँको प्रतिक्रिया ।