चुनिखेल, टुसाल सुरक्षा साइरन जडित क्षेत्र
कपन अनलाइन /२२ साउन ।
बुढानिलकण्ठ नगरपालिका चुनिखेल वडा नंबर १६ टुसाल गाउँ सुरक्षा साइरन जडित क्षेत्रबनेको छ । स्थानीय बासी हरुको सहयोग संकलन गरी युबा समाज सेवी टिकेस नारायण श्रेष्ठको संयोजकत्वमा सामाजिक सुरक्षा साइरन जडान गरिएको हो ।
अपराध (चोरी,लागू औषधि ) नियन्त्रण, आगलागी , दैबिक प्रकोप ,तथा प्राकृतिक प्रकोप विभिन्न दुर्घटना बाट हुन जाने समस्या हरु को समाधान को निम्ति सामजिक सुरक्षा साइरन तत्काल खबरदारी गर्नकोलागी उपयुक्त माध्यम बन्दै आएको छ ।
चुनिखेल टुसालमा जडित सो साईरनले करिब तीन सय घर धुरी (१५०० जनता ) लाभान्वित हुने छन। सामाजिक सुरक्षा साइरन जडान ले यहाँ का जनता हरु मा अझ बढी एक अर्का मा सहयोग को बिकास हुने मैले देखेको छु । सामाजिक सुरक्षा साइरन जडान समितिका संयोजक टिकेस श्रेष्ठले कपन अनलाइन लाई बताए । सुरक्षा साइरन आजबाट संचालित भएको हो ।
प्रत्येक घर मुलि हरुलाइ साइरन को कोड नम्बर दिईएको र अप्ठेरो परेपछी मोबाईल बाट कोड नम्बर थिचे पछि ठाँउ – ठाँउ मा राखेको साइरन बज्छ र सम्पुर्ण गाउँ बासी सहयोग को लागि जुटनेगरी प्रबन्ध मिलाएर अपराध एवम् प्राकृतिक प्रकोपको समयमा एकाकार हुन यसले मद्दत पुग्ने गाउँबासीले बताए ।