ओखलढुंगा ठेकेदार पिडित जिल्ला भयो : यज्ञराज सुनुवार

कपन अनलाइन

ओखलढुंगा ,मंसिर ११।

ओखलढुंगा जिल्लाका प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवारले ओखलढुंगा ठेकेदार पिडित जिल्ला भएको बताएका छन।जिल्लाको मोलुंग गाउँ पालिकाको रामपुरमा उधान तथा हाट बजार क्षेत्रको उदघाटन गर्दै सांसद सुनुवारले बदमास ठेकेदारका कारण वर्षौ देखि ओखलढुंगावासीहरु पिडित बन्नु परेकोमा दुख व्यक्त गरेका छन।

पहिला धेरै वर्ष सम्म सुनकोशी पुल निर्माणमा भएको ढिलाईको स्मरण गर्दै सुनुवारले अहिले पनि मान्द्रे दोभान पुल र ओखलढुंगा -रामपुर सडक निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीको लापरवाहीका कारण जनताले निकै शास्ती खेप्नु परेकोले यसको समाधानका लागि आफु लागिरहेको बताएका थिए।

आफु संविधान सभा सदस्य भएको समय देखि नै ओखलढुंगा जिल्लामा सडक ,संचार र बिद्युतको विकासमा प्राथमिकता दिएको बताउदै सुनुवारले खिजिदेम्बा सदरमुकाम सडक निर्माणले विकासको नया ढोका खोलेको धारणा राखेका थिए।

अवका दिनमा ओखलढुंगा जिल्लामा निर्माणको जिम्मा पाएका ठेकेदार कम्पनि र तिनका प्रतिनिधिहरुले लापरवाही गरेको खण्डमा अनुरोध मात्र गरेर नछोड्ने बताउदै सांसद सुनुवारले त्यसका लागि कानुनी र सामाजिक कारवाहीको बाटो तर्फ अगाडी बढ्ने धारणा राखेका थिए ।

तपाइँको प्रतिक्रिया ।