पर्वतीय खेलकुद महासंघको चौँथो साधारणसभा भोली हुने

कपन अनलाइन

काठमाडौं ,मंसिर ११।

Nature, Adventure / Culture  संग सम्बन्धित खेल संघहरुको महासंघ ःMountain Sports Federation-Nepal को चौँथो साधारणसभा भोलि मङ्गसीर १२गतेका दिन हुने भएको छ । कोभिड—१९ को समस्यालाई ध्यानमा राख्दै  जुम मार्फत  हुने सो साधारणसभामा १५ सदस्य संघका प्रतिनिधिहरु, सातवटै प्रदेशका पदाधिकारीहरु, खेलकुद र दीगो पर्यटनका विज्ञ तथा खेलाडी/अफिसियल समेतको सहभागिता हुनेछ ।
कार्यक्रममा राखेपका सदस्य सचिव रमेश कुमार सिलवाल, सांसद कोमल ओलि, नेपाल ओलम्पीक कमिटीका महासचिव सैलेन्द्र  राज श्रेष्ठ, राखेपका सदस्यहरु तथा नेपाल खेलकुद पत्रकार मंचका अध्यक्ष अतिथी वक्ताको रुपमा रहनु हुनेछ ।
साधारणसभामा प्रगती र आर्थीक प्रतिबेदन तथा आगामी कार्ययोजना प्रस्तुत गरिनेछ भने विद्यान संसोधन र नितिगत क्षेत्रमा गर्नुपर्ने कामहरुको बारेमा सुझाव  समेत संकलन गरिनेछ।
नयाँ खेलकुद ऐन २०७७ ले शाहसिक र पर्यटकीय खेललाई महत्व दिएको तथा खेल मार्फत नेपालको दिगो पर्यटन प्रर्वद्दन गर्ने लक्ष्य राखेको सन्दर्भमा यस साधारणसभाले महासंघलाई एउटा नयाँदिशा दिनेछ । अपराह्रन ४ बजेबाट शुरु हुने उक्त कार्यक्रम यस महासंघको फेसबुक पेज (https://www.facebook.com/mountainsportsfederation_dfLIVE) मा प्रसारण समेत हुनेछ ।

तपाइँको प्रतिक्रिया ।