सिन्धुलीकाे जुनार अब काठमाडाैंका घरघरमा

कपन अनलाइन

काठमाडौं ,मंसिर ११ ।

तीनकुनेस्थित हिलटप बहुउद्देश्यिय सहकारी संस्थाले सिन्धुलीको जुनार काठममाडाैंमा घरघर पुर्याउने भएकाे छ । संस्थाले महाभारत क्षेत्रमा उत्पादित ‘ए’ ग्रेडको रसिलो बिक्रीका लागि काठमाडौँ ल्याएको हाे ।

हिलटपकाे केन्द्रीय कार्यालयमा रहेकाे सहकारी पसलबाट जुनार बिक्री गर्ने छ । सहकारीका अध्यक्ष बासुदेव घिमिरेका अनुसार अनलाइनमार्फत अर्डर लिएर जुनार घरघर पुर्याइने छ । घरमै जनार मगाउन न्यूनतम १० किलो जुनार अर्डर गर्नु पर्ने घिमिरेले बताए । न्युनतम १० किलाे अर्डर गरे संस्थाले निःशुल्क ढुवानीको व्यवस्था मिलाउने छ । सहकारीले प्रतिकेजी एक सय रुपियाँमै जुनार घरघरमा पुर्याइने  छ ।

सहकारीले पसलबाट सातामा सोमबार, बुधबार र शुक्रबार प्राङ्गारिक तरकारी समेत उपलब्ध गराउने अध्यक्ष घिमिरेले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया ।