Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/11/125979514_682508422454750_2919625647268993797_o-e1605836570316.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

हाल सम्म कागेश्वरी मनोहरा नगरपालिकामा १५ जना कोरोना संक्रमितको मृत्यु

कपन अनलाइन

काठमाडौँ, मंगसिर ५। कागेश्वरी मनोहरा नगरपालिकाले मंगसिर ४ गते सम्मको कोरोना बिवरण सार्वजनिक गरेको छ ।जसमा मंगसिर ४ गते थप १४ पुरुष र ८ महिला गरि कुल २२ जनामा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ।

नगरपलिका भित्रमा हाल सम्म ८४० जना पुरुष र ५३८ जना महिला गरि कुल १६७८ जना संक्रमित भेटिएको जसमा ५८७ जना पुरुष र ३१०जना महिला गरि कुल ८९७ जनाले कोरोना जितेको उल्लेख गरिएको छ। त्यसै नगरपालिकाका ६ जना पुरुष र ९ जना महिला गरि कुल १५जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको पनि उल्लेख गरिएको छ ।

संक्रमित मध्ये २ जना पुरुष नगर अस्पतालको आसोलेसनमा रहेको र २२४ जना पुरुष र २१२जना  महिला गरि कुल ४३६  संक्रमित होम आइसोलेसनमा रहेको उल्लेख गरिएको छ। हाल सम्म नगरपालिकाले ३८५७जना पुरुष र २१६० महिला गरि कुल ६०१७ जनाको पी सी आर टेस्ट गरेको जानकारी गराएको छ ।

तपाइँको प्रतिक्रिया ।