गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दशौं वार्षिक साधारण सभा सम्पन्न

कपन अनलाइन

काठमाडौं ,मंसिर ५।

गुराँस लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। संचालक समितिका अध्यक्ष विवेक दुगड़को सभापतित्वमाभएको साधारण सभाले नया संचालक समिति चयन गरेको छ ।

१० औं वार्षिक साधारण सभाबाट आगामी ४ वर्षे कार्यकालको लागि संस्थापक शेयरधनीहरुको तर्फबाट विवेक दुगड़ सौरभ दुगड़,अपछ कुमार यादव (प्रतिनिधि–सनराइज बैंक लिमिटेड),  शम्भु प्रसाद सुवेदी,  विनयकुमार तोदीतथा सर्वसाधारण शेयरधनीको तर्फबाट  विशाल तातेड़ निर्विरोध निर्वाचित भएका छन।

उक्त साधारण सभाले लेखापरिक्षको प्रतिवेदन सहित २०७५ साल आषाढ मसान्त सम्मको वासलात नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र तत् सम्बन्धि अनुसूचीहरु सर्वसम्मतिबाट पारित हुनुका साथै विशेष प्रस्ताव अन्तर्गत आ.व. ०७४/०७५ को मुनाफाबाट जारि पुँजी रु. १ अर्ब ८७ करोड ७० लाख ४० हजारको ५.२५ प्रतिशत बोनस शेयर र सो बोनसमा लाग्ने कर प्रयोजनार्थ नगद लाभांश वितरणको प्रस्ताव समेत सर्वसम्मतिबाट पारित भएको छ ।

 

तपाइँको प्रतिक्रिया ।