मानव सेवा : काजी रोशन (लघुकथा )

मानव सेवा : काजी रोशन (लघुकथा )

कपन अनलाइन

काठमाडौं,मंसिर ३।

उ लामो समय देखि सेवा मूलक कार्यमा लागेको छ । खासगरि मन्दिर निर्माण, पाठपूजा, यज्ञ यज्ञादीमा पनि मनग्य सहयोग पुर्याएको  छ । कहिकतै महात्माहरुको धार्मिक प्रवचन छ भने पनिउनी पुग्छन् र आफ्नो परिचय दिन्छन् । आयोजकहरु पनि उनलाई निमन्त्रणा गर्न छुटाउँदैनन् ।
सधै हसिलो खुसीलो राम्रो मिजास भएका उनी उनवाट प्रतिक्रिया सकरात्मक नकरात्मक जस्तो जनाए पनि एक पटक पुग्छन् ।
एकपटक एक बृद्ध गएर भने–हजर मेरो कोही छैन एक्लो हुँ टाढाबाट आएको खाने खर्च छैन हिजो अस्तिदेखि केही खाएको छैन केही सहयोग गर्नुस् भनेछन् । त्यो दानीले पनि वृद्धलाई हाम्रो ठूलो संस्था छ फलानाका जानुस भनिनाम लेखि पठाएछन् ।
ति व्यक्ति कहाँ गए पछि वृद्धले भनेछन् हजुर फलानाले पठाएको हजुर कहाँ ठूलो संस्था छ रे सहयोग माग्न आएको ति व्यक्ति दाताको व्यवहार देखेर छक्क परेछन् ।
त्यो व्यक्तिले वृद्धालाई भने यहाँ कहाँ त्यस्तो संस्था छ र ? उसले तपाईलाई सहयोग नगर्ने र तर्काउने जुक्ति गरेको हो । त्यत्तिका मन्दिर र धार्मिक संस्थामा चन्दा दिनेले तपाईलाई केही सहयोग गरे हुन्थ्यो त्यस पछि वृद्ध बाहिरियो ।

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।