मेरी प्रिया : समिर अधिकारी

मेरी प्रिया : समिर अधिकारी

कपन अनलाइन

काठमाडौं ,मंसिर ३।

मेरा अतृप्त दर्शन पिपासु नयनका तृप्ति तिमी दर्शना
मेरा हर श्वास चक्रमा आरोह अवरोह भएकि श्वासना
मेरो जीवन रूपी बगैँचाको सुगन्ध बोकेकी बासना
मेरो प्रेम रूपी पूजामा आराध्य रहेकी आराधना
मेरा चाहनाको हर रसहरुले समाहित भएकी रसना
मेरा हर भावहरुको समुलभावार्थ भएकी भावना
मेरा हर कल्पित कल्पाइकी राजकुमारी तिमी कल्पना
मेरो जीवनमा माधुर्य झंकार गूञ्जाउने हौ गूञ्जना
मेरा विश्वासको आधार सागरझैं निर्मल र कञ्चन तिमी कञ्चना
मेरा हर सृजनशीलताको उत्प्रेरक बनेकी छ्यौ सृजना
मेरो जीवनमा मेरी प्रिया वरदान भइ प्राप्त भएकी मनोकामना ।।

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।