गीत: वासुदेव ठकुरी

गीत: वासुदेव ठकुरी

कपन अनलाइन

काठमाडौं ,कार्तिक २२।

लाग्दैछ किनहो आज, दिनपनि रातझैंअँधेरी ।
चल्दैछ विरह मनमा, डुब्दैछ आँसुमा मझेरी ।।

सुन्ने कोही छैन आज विरहको भाका ।
तिम्रै बाटो हेर्दाहेर्दै टट्टाइ सकेआँखा ।।
ओइलाई सक्यो जमरा नि तिम्रो बाटो हेद ।
चारकुनेको टीका पनिगयो सुक्दै सुक्दै ।।

सुनसान छ गाउँ घर शून्य छ पँधेरी ।
छोराछोरी औँला भाच्छन् तिम्रै बाटो हेरी ।।
बाँझै बस्यो गैरी खेत बाँझै डाँडाबारी ।
बूढाबूढी बाबुआमा बस्छन् आँसु झारी ।।

पोहोर साल भनेकाथ्यौ आउँछु अर्को साल ।
यो सालझन् कोरोनाले बनायो बेहाल ।।
दैवले नि हामीलाई नै ठग्नसम्म ठग्यो ।
पल्ला घरको माइलाबा नि कोरोनाले लग्यो ।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।