मदन भण्डारी फाउण्डेशनको चितवन क्षेत्र नं. १ को क्षेत्रीय समिति गठन
कपन अनलाइन
काठमाडौं ,कार्तिक १५।
मदन भण्डारी फाउण्डेशनको चितवन क्षेत्र नं. १ को क्षेत्रीय समिति गठन गरिएको छ । गोविन्दप्रसाद कँडेलको अध्यक्षतामा ३३ सदस्यीय कार्यसमिति र यादवप्रसाद पाठकको संयोजकत्वमा १० सदस्यीय सल्लाहकार समिति गठन गरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीका जनसम्पर्क सल्लाहकार एवम् अखिल नेपाल महिला संघ (अनेमसंघ) का केन्द्रीय सहसंयोजक सीता पौडेलले नवगठिन समितिका अध्यक्ष, पदाधिकारी तथा सदस्यलाई सपथ गराएकी थिइन् ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका राजनीतिक सल्लाहकार जेएन थपलिया, बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी (पार्वती) रावल थापालगायतले समितिलाई शुभकामना दिएका थिए ।
तपाइँको प्रतिक्रिया ।