गोकर्णेश्वर ८ मा कोरोना संक्रमितहरुलाई पौष्टिक आहार बितरणका लागि कोरोना संक्रमित सहयोग उपसमिति गठन

कपन अनलाइन

काठमाडौं ,कार्तिक १५। गोकर्णेश्वर नगरपालिका वडा नं ८मा   मासिक १०० अभियान नेपाल र दाताहरुको सहयोगमा कोरोना संक्रमितहरुलाई पौष्टिक आहार बितरणका हेतु कोरोना संक्रमित सहयोग उपसमिति गठन गरिएको छ ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस(कोभिड-१९) घरपरिवार तथा समाजमा फैलिनबाट न्यूनिकरण गर्न, समुदाय स्तरबाट नै केही गर्नुपर्ने देखिएको हुदाँ संक्रमितहरूलाई मनोपरामर्श,दैनिक फोन सम्पर्क एवम् आर्थिक रूपमा कमजोर भएकाहरूलाई”पौष्टिक आहार” वितरण गर्ने योजनाका साथ कोरोना संक्रमित सहयोग उप-समिति” गठन गरेको  मासिक सय अभियानका अध्यक्ष संजय पोखरेलले जानकारी गराए ।

नेपालमा दिनानुदिन कोरोना संक्रमितको संख्या थपिँदै छ। संक्रमित बढ्दै जाँदा अस्पतालमा बेड र आइसियु अभाव भएपछि अधिकांश सर्वसाधारण आफ्नै घरलाई आइसोलेसन बनाएर बसेका छन्। अपत्यारिलो रुपमा ह्वात्तै कोरोनाका बिरामी बढ्न थालेपछि के खाने र कसरी बच्ने भन्ने चिन्ता पनि त्यतिकै थपिएको छ।

कोरोना पोजेटिभ हुँदा शरीरमा रोग प्रतिरोधात्मक (इम्युनिटी पावर) क्षमता कम हुने भएकोले यस्तो अवस्थामा अलि भिन्न खालको ताजा र स्वस्थ खालको नियमित सन्तुलित आहार (ब्यालेन्स डाइट) जरुरी पर्ने हुन्छ। त्यसैलाइ मध्य नजर गर्दै उक्त समितिले हाललाई गोकर्णेश्वर वडा नं -८ लाई कार्यक्षेत्र बनाई पौष्टिक आहार वितरणको काम गर्ने र  साथै निकट भविष्यमा अन्य स्वयंसेवक साथीहरू र मनकारी व्यक्तिहरूको सहयोग प्राप्त भए सो अभियान गोकर्णेश्वर नगरपालिका भरि बिस्तार गर्ने योजना समेत रहेको समेत जानकारी गराए।उनले उक्त अभियानमा सहयोग गर्न चाहनेले  कोरोना संक्रमित सहयोग उपसमितिका निम्न ब्यक्तिलाइ सम्पर्क गर्न अनुरोध गरिएको छ  ।

सल्लाहकार:-

१) सन्जय पोखरेल

(मासिक १००अभियान नेपाल, अध्यक्ष)

९८४१४९८९४९

२)पेट्रोल प​म्प व​र​प​र​,

संयोजक :- विकास श्रेष्ठ

९८५१०१९४०१

३)नेपाल मेडिकल कलेज

व​र​प​र

उप- संयोजक :-

 प्रकाश अधिकारी

९८४१३१३५६०

४)आरुबारी डाडाँगाउँ व​र​प​र​

सदस्य :-  राजेश दाहाल

९८४१६५५९५०

५)भेनस स्कुल व​र​प​र​,

सदस्य :- गिता बहादुर श्रेष्ठ

९८४१४६०१३८

६)ढुङ्गेधारा हाइट ,

सदस्य :पवित्रा पौडेल

९८४१४११५५९

तपाइँको प्रतिक्रिया ।