गोकर्णेश्वर ५ चामुण्डा देबिमार्गमा एकरुपता ल्याउन समान रंगरोगन

कपन अनलाइन

काठमाडौं  ,कार्तिक १५। गोकर्णेश्वर नगरपालिका वडा नं ५  चामुण्डा देबिमार्ग टोलमामा एकरुपता ल्याउन प्रत्येक घरको पहिलोको सटर , पर्खाल  र पेटीमा  समान  रंगरोगन गरिनुको साथै सडक बत्ति  जडान  र ट्राफिक संकेत सहित कोरोना सचेतनाका ब्यानर समेत  राखिएको छ।  हरियो र रातो मिश्रित  रंगरोगनले उक्त स्थान अरु भन्दा फरक देखिएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं ५ र लोसेटार टोल सुधार समितिको सहयोगमा टोलको पहिचानको लागि एकै खाले रंगरोगन गरिएको वडा अध्यक्ष नारायण बहादुर सुवेदीले बताए। उनले वडा बाट ५० प्रतिशत र लोसेटार टोल सुधार समिति बाट ५० प्रतिशत आर्थिक सहयोग गरि कुल २ लाख ५० हजारको लागतमा सो कार्य भएको बताए । उनले चाडै उक्त टोलमा रहेका घरको पेटीमा गमला सहितको सौन्दर्य प्रजातिको बिरुवा रोप्न लागेको पनि बताए । उनले त्यसो गर्दा टोलको  सौन्दर्य सौन्दर्य समेत बृद्दी हुने बिश्वास ब्यक्त गरे।

उनले परिवर्तन र बिकासको लागि ठुलो ठुलो योजना मात्र नभई साना साना काम पनि स्थानीयको सहयोग भएको खण्डमा  सोहि  काम फरक तरिकाले गर्दा त्यसले राम्रो परिणाम दिने बताए ।उनले कोरोना जोखिमका बाबजुत पनि वडाले विकास निर्माणलाइ प्राथमिकतामा राखेर स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई संचालन गरिरहेको बताए  ।

तपाइँको प्रतिक्रिया ।