हेलम्बु गाउँपालिका-५ का १७ जना युवाहरु नेपाली कांग्रेस परित्याग गरी नेकपा प्रवेस

कपन अनलाइन

सिन्धुपाल्चोक ,कार्तिक १३।

हेलम्बु गाउँपालिका वडा नं  ५  सिरिसेका १७ जना युवाहरु काग्रेस परित्याग गरी नेकपामा प्रबेश गरेका छन । नेपाली कांग्रेसका क्रियाशील  सदस्य समेत रहेका  युवाहरु आज एक कार्यक्रमका बिच नेकपा प्रवेश गरेका हुन।

गत स्थानीय निर्वाचनहरुमा अग्रमोर्चामा रहेर नेपाली कंग्रेस लागि आफ्नो जिउ ज्यान नभनी सहयोग गरेको  तर हेलम्बुमा कंग्रेसको गतिविधि र बिकासमा भन्दा बढी भ्रष्ट्राचारमा लिप्त भएको आरोप लगाउदै  नव प्रवेशी एक युवाले अघिल्लो निर्वाचनहरुमा नेपाली काङ्ग्रेसको किल्ला भनेर चिनिएको सो वडा आफ्नौ कारणले ओरालो गतिमा लागेको बताएका छन ।

अहिले जनप्रतिनिधिहरु जनताको काम र बिकास भन्दा पनि भ्रष्टचारमा चुर्लुम्म डुबेको र अब कम्युनिष्ट मात्र एक बिकल्प रहेकाले नेकपा प्रबेश गरेको युवाहरुको दाबी रहेको बताउदै नेकपा हेलम्बु गाउँपालिका कमिटि अध्यक्ष अर्जुनकुमार भण्डारीले  सो स्थानवाट अझै ठुलो संख्यामा पार्टी प्रवेश गराइने तयारी भैरहेको जानकारी दिएका छन। नव प्रवेशिहरु लागि नेकपा बाग्मती प्रदेश कमिटी सचिवालय सदस्य हस्त पण्डितले खादा र लगाए स्वागत गरेका थिए  ।

तपाइँको प्रतिक्रिया ।