गोकर्णेश्वरको लायन्स आइसोलेसन केन्द्र बाट तीन जना कोरोना जितेर फर्किए

गोकर्णेश्वरको लायन्स आइसोलेसन केन्द्र बाट तीन जना कोरोना जितेर फर्किए

कपन अनलाइन

काठमाडौं ,कार्तिक ३ ।गोकर्णेश्वर नगरपालिका द्वारा उपलब्ध गराइएको राष्ट्रिय सहिद तथा शान्ति पार्क,यज्ञडोल (जगडोल) सामुदायिक वनको स्वामित्वको  लायन्स आइसोलेसन केन्द्रमा  रहेका तीन जना आज घर फर्केका छन  ।काठमाडौं उपत्यकामा दिनहुँ कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित बढेसँगै संक्रमितको उपचारमा सहयोग पुगोस भनेर लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ ले गोकर्णेश्वर नगरपालिका संगको समन्वयमा उक्त भवनलाई आइसोलेसन केन्द्रको रुपमा संचालन गरेको हो।

 करिब १३दिनको आइसोलेसन बसाई र पिसीआर परिक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आए संगै  आइसोलेसन बसाइ अवधि पुरा गरि आज तीन जना   घर फर्केका हुन् ।

उनीहरुलाई आइसोलेसन केन्द्रका संयोजक एबम मल्टिपल डिष्ट्रिक्ट ग्लोबल सर्भिस टिम कोअर्डिनेटर तथा पूर्व गभर्नर लायन अनन्त प्रसाद भेटुवाल डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ,सेकेन्ड भाइस  डिस्ट्रिक गभर्नर  लायन कर्मा गुरुङ, आइसोलेसन सेन्टर कमिटिको प्रशासन उपसमिति संयोजक  माइ एल सी आइ एफ चिफ लायन रमेश लामा , यज्ञडोल जगडोल सामुदायिक बनका अध्यक्ष सुदर्शन सिग्देल लगायतले खादा लगाएर बिदाइ गरेका थिए। सो कार्यक्रममा  क्याबिनेट ट्रेजरर लायन श्याम कुमार यादब , लायन श्रीचन केसी,आइसोलेसन सेन्टर कमिटिको लायन्स आन्तरिक समन्वय उपसमिति संयोजक लायन हरि प्रसाद दहाल,आइसोलेसन सेन्टर कमिटिको परिवाहन व्यवस्थापन प्रवद्धन उप समिति संयोजक लायन धर्मशरण श्रेष्ठ, लायन श्रीधर भण्डारी,लायन उमेश ढुंगाना, लायन ठण्डराज ठकुरी (राजन), लायन द्वारिका श्रेष्ठ, लायन रोज बिष्ट (रोजिना) लायन मनोज सुवेदी, लायन श्रीधर पौडेल लगायत लायन्स लिडर तथा सदस्यहरुको  उपस्थिति रहेको थियो।

आज घर फर्कनेहरुले सो आइसोलेसनमा बस्दा सुरक्षित महसुस गरेको र लायन्स सदस्यहरुले गरेको खाना, स्वास्थ्य हेरचाह, र अन्य व्यवस्थापन राम्रो लागेको बताएका थिए। कठिन परिस्थितिमा लायन्सले आइसोलेसन केन्द्र संचालन बाट धेरै संक्रमितहरु लाभान्वित भएको बताउदै लायन्स क्लबलाइ धन्यवाद दिएका थिए ।

 गोकर्णेश्वर नगरपालिका सँगको समन्वय तथा सुमेरू अस्पतालसँग सहकार्य गरेर  लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ले आइसोलेसन सेन्टर स्थापना गरेको र यसका लागि स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागबाट स्विकृती प्राप्त गरे संगै  उक्त आइसोलेसन संचालनमा आएको हो ।लायन्स क्लब अन्तर्राष्ट्रिय, डिष्ट्रिक्ट ३२५ए१ले ५० बेड (७० बेडसम्म पुर्याउन  सकिने) उक्त आइसोलेसन केन्द्रमाको सुरक्षाको जिम्मा गोकर्णेश्वर नगर प्रहरी र  महानगरीय प्रहरी वृत्त गोकर्णले गरिरहेको छ ।संक्रमितहरुको लागि लायन्स क्लबले दिन को चार पटक खानको व्यवस्थापन गरिरहेको छ भने बिहान संक्रमि हरुलाई शारीरिक व्यायाम, योगा पनि गराउदै आएको छ । आइसोलेसन केन्द्रको व्यवस्थापनको लागि दैनिक रुपमा लायन्स सदस्यहरुले सामुहिक रुपमा आलोपालो गरेर खटिरहेका छन् ।

उक्त आइसोलेसन केन्द्र अति आवश्यक कोभिड  संक्रमित  ब्यक्ति जो कोठामा बहाल तिरेर बस्छन  जसको बस्ने अवस्था छैन त्यस्ता ब्यक्तिहरुको लागि केन्द्रित गरिएको छ । अहिले उक्त आइसोलेसन केन्द्रमा १४ जना रहेका छन ।

तपाइँको प्रतिक्रिया ।