नुतन कोपिला बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा नेत्र प्रसाद दहाल

नुतन कोपिला बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा नेत्र प्रसाद दहाल

कपन अनलाइन

काठमाडौं, कार्तिक ३ ।गोकर्णेश्वर नगरपालिका वडा नं  ८ मा संचालित नुतन कोपिला बहुउद्देश्यीय सहकारी संस्थाले  चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कोभिड– १९ महामारीको बढ्दो संक्रमणका कारण नुतन कोपिला बहुउद्देश्यीय सहकारी संस्थ ले भर्च्युल  माध्यम बाट साधारण सभा सम्पन्न गरेको संस्थाका प्रबन्धक  केशव भुजेलले कपन अनलाइनलाइ जानकारी  गराए ।

नूतन कोपिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड का कार्यवाहक अध्यक्ष नेत्र प्रसाद दाहालको अध्यक्षमा  सम्पन्न भएकोसो कार्यक्रमको प्रमुख अतिथिमा गोकर्णेश्वर नगरपालिकाका  मेयर सन्तोष चालिसे बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका वडा नं . ८ का वडा अध्यक्ष मनोज ढुङगाना , गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल ,गोकर्णेश्वर नगरपालिकाका सहकारी संयोजक लक्ष्मण चौलागाई गोकर्णेश्वर नगरपालिकाका सहकारी शाखा प्रमुख पुन्य प्रसाद दाहाल लगायतको सहभागिता रहेको थियो ।

कुल संख्याको ७० प्रतिशत सदस्यहरुले भर्च्युल रुपमा उपस्थिति जनाएका थिए  । साधारण सभाले संस्थाको २०७६।७७को बार्षिक आय व्यय र संगठनात्मक प्रतिवेदनहरु, लेखापरिक्षण प्रतिवेदन र आगामी बर्षको कार्ययोजना अनुमोदन गरेको छ । यसैगरी नुतन कोपिला बहुउद्देश्यीय सहकारी संस्थाले चौथो वार्षिक साधारण सभा भर्च्युल रुपमानै  नयाँ कार्यसमिति चयन गरेको छ ।

नया कार्यसमितिको अध्यक्षमा नेत्र प्रसाद दहाल चयन भएका छन। त्यसै गरि संचालक समितिको  उपाध्यक्षमा कृष्ण गौतम, सचिवमा मोहन अधिकारी र कोषाध्यक्षमा राजेश घिमिरे निर्विरोध निर्वाचित  भएका छन । त्यसै गरी सदस्यहरुमा विचारी शाह, सरोजा न्यौपाने,राम चन्द धिताल,अम्बर बहादुर गिरी र सम्झना कार्की  चयन भएका छन । त्यस्तै हरी कुमार ठकुरीको संयोजकत्वमा लेखा समिति चयन भएको छ, जसको सदस्यहरुमा जीत बहादुर  कार्की  र राम कुमार लुईटेल चयन भएका छन ।

उक्त सभाले संचालक समितिको वार्षिक प्रगति प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन पारित गरेको छ । विभिन्न नीति तथा कार्यविधिहरु स्वीकृत गरी आगामी ०७७।०७८ आर्थिक वर्षका लागि लेखा परिक्षक नियुक्त र पारिश्रमिक निर्धारण गरेको जनाइएको छ ।  नव निर्वाचित कार्य समितिलाई कार्यक्रमका प्रमुख अतिथि तथा बिशेष अतिथिहरुले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।