गजल : सोमनाथ लुइटेल
कपन अनलाइन
काठमाडौं ,कार्तिक १ ।
देशले सपूतपायो बुझेन सरकारले
जनताको दुःखले छायो बुझेन सरकारले
पटकै पिच्छे अनुरोध गर्दा मान्दै मानेन
अस्पतालमै लडायो बुझेन सरकारले
सस्तो उपचार नजिकै सहरमा हुने थियो
केसीलाई नै सतायो बुझेने सरकारले
एक होनहार प्राध्यापकको सरुवा हुन्छ
दुःखद स्थिति ल्यायो बुझेन सरकारले
अनशन बस्दा पनि हेक्काकहिले भएन
नीतिले गारो बनायो बुझेन सरकारले
युगमाजन्म लिन्छन युगमा एक पटक
लिखितमात्र गरायो बुझेन सरकारले
जनताले पाउने थिए सुलभ उपचार
गोबिन्दलाई चलायो बुझेन सरकारले ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।