असोज २७ गते टोखा नगरपालिकामा थप ३७ जनामा कोरोना संक्रमण

कपन अनलाइन
काठमाण्डौ ,असोज २८/नविना श्रेष्ठ
टोखा नगरपालिकामा असोज २७ गते  थप ३७ जनामा कोरोना संक्रमण देखिएको छ । हाल सम्मको वडा गत विवरण अनुसार होम आइसोलेसनमा ५१४ जना रहेको र अस्पतालमा भने ५४ जना रहेका छन्। संक्रमित सख्या जम्मा ५९० जना रहेका छन्।
असोज २७ गते वडा गत विवरण अनुसार संक्रमित महिला सख्या १९ जना रहेको र पुरुष सख्या १८ जना रहेका छन्। भने जम्मा संक्रमित सख्या ३७ जना रहेको छ। होम आइसोलेसनमा ३१ जना रहेको र अस्पतालमा ५ जना रहेका छन्।
टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र नगर आइसोलेसनमा ११जना रहेका छन् भने २ जना हिजो डिस्चार्ज भएका छन्। कोरोना भाइरस संक्रमण हाल सम्म को कुल PCR परीक्षण गरिसकेका हरुको सख्या भने ५२४ जना रहेका छन्।
तपाइँको प्रतिक्रिया ।