प्रतिनिधिसभा सदस्य सानु पहाडीको निधन

प्रतिनिधिसभा सदस्य सानु पहाडीको निधन

कपन अनलाइन

काठमाडौं ,असोज २८

प्रतिनिधिसभा सदस्य सानु पहाडीको उपचारका क्रममा आज निधन भएको छ ।लामो समयदेखि मिर्गाैला र मुटुको समस्याबाट पीडित जनवादी गायिका पहाडीको उपचारकै क्रममा काठमाडौंँ मेडिकल कलेजमा निधन हो ।

दुवै मिर्गाैलाले काम गर्न छाडेपछि उनको केही समयअघि प्रत्यारोपण समेत गरिएको थियो । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बाट समानुपातिक निर्वाचनबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने पहाडी २०३६/०३७ सालदेखि नै नेपाली विद्यार्थी आन्दोलन र सांस्कृतिक अभियानमा सहभागी भएकी थिइन्  ।

ताप्लेजुङमा जन्मिएर इलामलाई कर्मथलो बनाएकी पहाडी दलित आन्दोलनमा समेत सक्रिय सहभागी रहेकी उनि काठमाडौं क्षेत्र नं  ४ मा तत्कालिन  नेकपा एमालेको सचिवालय सदस्य तथा सांस्कृतिक समुहकी प्रमुख रहेकी थिइन्।

 

तपाइँको प्रतिक्रिया ।