हरेक सपना वास्तविकतामा परिणत गर्न सक्ने देश प्र.ज.ग कोरिया

हरेक सपना वास्तविकतामा परिणत गर्न सक्ने देश प्र.ज.ग कोरिया

कपन अनलाइन

काठमाडौं ,असोज २४ /शंकर भारती

आजभन्दा ७५ वर्ष अघि यही सेपटेम्बर १० तारिखका दिन प्रेसिडेन्ट किम इल सुङको नेतृत्वमा वर्कर्स पार्टी अफ कोरियाको स्थापना भएको थियो प्र.ज.ग.कोरियाको वर्कर्स पार्टी एउटा यस्तो पार्टी हो जसले विकासका हरेक सपना असफल हुनै नदिई सफल गराएरै छाड्छ । यसरी प्र.ज.ग कोरियाले देश विकासका हरेक क्षेत्रमा गर्नुपर्ने विकास र उन्नती हर हालतमा पूरा गरेरै छोडने जुन शक्ति छ त्यो शक्ति हुनुमा मुख्य चार कुराहरूको विशेषताको कारणले गर्दा हो ।
पहिलो कारण : कोरियाको वर्कर्स पार्टीले देशका हरेक समस्याहरूको सामना गर्न जनता नै यसका मास्टर्स हुन भन्ने मूल अवधारणा लिएको छ । त्यसैले जब वर्कर्स पार्टीले कुनै पनि विकास वा निर्माणको कार्य गर्छ जनतालाई नै यसको मास्टर्स सम्झन्छ र जनतामै विश्वास राख्छ । यस पार्टीको मुख्य विचार र सिद्धान्त यो छ कि कुनै पनि काम जो जतिसुकै जटिल र असम्भव लाग्ने भए पनि यदि जनतामा पूरा विश्वास र भरोसा छ भने । यसै विश्वास, भरोसा र आधारबाट नै पार्टीले जस्तोसुकै गाह्रो विकास र शक्तिका रणनीतिक निर्णयहरू नहिच्किचाई गर्छ, जसले गर्दा ठूला ठूला महत्वाकांक्षी आयोजना र योजनाहरू पनि यति द्रुत गतिमा सम्पन्न गर्छनकी संसार आश्चर्य चकित हुन्छन । नेता, पार्टी र जनताबीच भएको विश्वास र भरोसाले गर्दा नै नेता, पार्टी र जनताले प्रचुर र अद्भूत शक्ति र विकास विश्वलाई देखाउन सक्षम रहेका छन । समाजवादको विकास गर्दै यसलाई अझ बलियो र मजबुत बनाउन त्यहाको नेता, वर्कर्स पार्टी र जनता एक साथ अघि बढिरहेका छन ।
दोस्रो कारण : वर्कर्स पार्टीले देश का हरेक क्षत्रमा द्रुत्तर बिकास गर्न र सत्रु पक्षलाई परास्त गर्न गम्भीर आक्रामक नीति र रणनीति अवलम्बन गर्न कत्ति पनि हिचकिचाउँदैन । आफ्नो उज्वल भविष्य निर्माणको लागि स्वतन्त्ररुपमा कुनै पनि काम गर्न पछि पर्नु हुदैन भन्ने गहिरो सोच र शिध्दान्त यस पार्टीले लिएको छ । आफ्नो देशको सुरक्षा र जनताको भविश्य उज्वल बनाउन जुनकुनैपनि रणनीति पूरा गर्न उ सधैँ अग्रसर भई रहन्छ चाहे अरुले जेसुकै भनुन त्यसको उ ख्याल गर्दैन । यिनै विविध कारणहरूले गर्दा अरु देशले दसकौँ लगाएर गरेको उन्नती कोरियाले एक वर्ष पनि नलगाई पूरा गरेको छ । एउटा अदम्य शाहस, इच्छा र उद्देश्य लिएर हरेक च्यालेन्ज, अप्ठ्यारा र क्रान्तिकारी भावनालाई आतम साथ गर्दै एक क्षणपनि खेर नफाली अघि बढदै गएकोले नै यो देशले हरेक सपनालाइ वास्तविकतामा परिणत गर्न सकेको हो । आज आश्चर्य लाग्ने, देशको भौतिक विकास, आर्थिक बिकाश रदेशको सुरक्षाको लागि गरेको सैनिक विकास र युद्ध सामग्रीमा गरेको विकाश हेर्दा विश्व आश्चर्य चकित छ ।
तेस्रो कारण : वैज्ञानिक नेतृत्वको आधारमा नेता र वर्कर्स पार्टीले देश र जनताको नेतृत्व गर्नु नै यो देश सक्षम, सुदृढ र सफल हुनुको मूल कारण हो । हालसालै यस्ले अघि बढाएको लाईन वा मार्ग वा नीतिहरु जस्ले आफ्ना सारा प्रयासहरू समाजवादी सिद्धान्त र व्यवस्थाको विकास, आर्थिक विकास आधुनिक भौतिक निर्माण आदिलाई विकसित विज्ञानको माध्यमबाट चाँडो भन्दा चाँडो अघि बढने उद्देश्य राखेको छ । यी सब कुरा गर्नको लागी शिक्षालाई प्रमुख प्राथमिकता दिईएको छ । शिक्षा र आर्थिक विकास, भौतिक निर्माण र शत्रुहरू आईलागेमा उनिहरूलाई सजिलै परास्त गरी जनताको राम्रो भविष्यको ग्यारेन्टी गर्नु यस देशका महान नेता मार्शल किम जोङ उन, वर्कर्स पार्टी अफ कोरिया को मुख्य उद्देश्य रहेको छ । यी र यस्ता कुराहरुलाई अङ्गिकार गरेर नै आज यो राष्ट्रले हरेक क्षेत्रमा अभुतपूर्व विकास गर्दै शत्रु शक्ति राष्ट्रहरूको जालसाजी र चाललबाजीहरूलाई परास्त गरि अघि बढन सफल भई रहेको छ ।
चौथो कारण : महान नेता मार्शल किम जोङ उन को सकृय नेतृत्व नै देश र जनताको उज्वल भविष्यतर्फ लक्षित छ । समाजवाद निर्माण, देश र जनताको उज्वल भविष्यको लागि यहिनै यस्को मुल उदेष्य रहेको छ । यो उद्देश्य पूरा हुन नदिन विश्वका शत्रु शक्तिराष्ट्रहरू कम्मर कसेर लागेका छन र पनि हरेक क्षेत्रको विकास गरि देश र जनतालाई सक्षम, सुदृढ र सबल बनाउदै एक शक्तिशाली देशको रुपमा विश्वसामु उभिन यो देश सफल भएको छ ।

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ता

तपाइँको प्रतिक्रिया ।