मलेशिसयाको क्वालालम्पुर र मलाका शहर घुमघाम
कपन अनलाइन
काठमाडौं ,असोज २४ /महेन्द्र चालिसे
नेपाली युवाहरुको श्रम बजारको गन्तब्य र नेपाल सरकारको रेमिटान्स आयको भरपर्दो श्रोतको एउटा देश–मलेसिया । हुन त पहिला पहिला पनि मलेसिया, नेपालीहरुको गन्तव्यमै पथ्र्यो क्यार जतिखेर मलेसिया नभएर मलाया संघ भनिन्थ्यो । जुन वेलायतको अधिनमा थियो र त्यहाँबाट फर्कनेलाई मलायाको लाहुरे भनिन्थ्यो । दक्षिण पूर्वि एसियामा अवस्थित मलाया ३१ अगष्ट १९५७ सम्म व्रिटिशहरुको अधिनमा थियो । १९५७ अगष्ट ३१ मा वेलायतको अधिनबाट स्वतन्त्र भएको मलाया संघ सन १९४८ मा (रिस्ट्रक्चर्ड) सांध सिमा मिलाएर मलाया संघ गठन भएको थियो भने १९६३ सेप्टेम्वर १६ को दिन मलायाबाट मलेशिया नमाकरण भएको थियो ।
तर दोस्रो विश्वयुद्ध ताका मलायाको एक भाग जापानको अधिनमा थियो । त्यतिवेला मलाया संघ एकदमै अलोकपृय भएकोले सन १९४८ मा त्यसलाई विघटन गरी त्यसको साटो संघिय मलाया गठन गरियो र सन १९५७ मा पुरै स्वाधिन भयो । मलायाको इतिहास अध्ययन गर्दा सातौं शताब्दीमा खमेर राजकुमार राजा गाञ्जी सरजनाले गङ्गा नेगारा नामक अधिराज्यको स्थापना गरेको भन्ने पाइन्छ जुन स्थान हालको मलेसियाको मलाका प्रान्त हो भनिन्छ ।
आधुनिक मलेसियाको स्थापना अघि वेलायती उपनिवेश मलाया जव दोस्रो विश्वयुद्धताका जापानी नियन्त्रणमा आयो तव मलायामा मलेसियन कम्युनिष्ट पार्टीको सरकार स्थापना भयो र सो सरकारले मलायालाई स्वतन्त्र बनाउन आन्दोलन सुरु गर्न थाल्यो नव वेलायती प्रतिनिधिले सन १९४८ मा राज्य संकटकाल घोषणा ग¥यो । जस्मा हजारौ हजार ज्यान मालहरुको क्षति पुग्न गयो । यसैको नतिजा स्वरुप १९५७ मा संघिय मलाया वेलायत र जापानको कव्जाबाट पुर्ण स्वतन्त्र भयो ।
यस्तो गौरबपूर्ण इतिहास भएको मलेसिया एकपल्ट त पुग्नैपर्ने । प्रायः साथीहरु या अग्रज दाजूहरु अशोक ढुंगाना, आत्मेश्वर चापागाईंसंग कुरा भै रहन्थ्यो । युरोप अमेरिकाका धेरै ठाउँहरु पुगियो तर खै मलेसिया जाने साइत कहिल्यै जुरेन तर हाम्रो इच्छा चाहिं सधैं जागरुक नै हुन्थ्यो र हामि सुमय कुरेर वसेका थियौं ।
त्यही कुराई कै क्रममा सन् २००३ जनवरीको पहिलो हप्ता वल्र्ड युथ फाउण्डेशनले एच आइ भि एड्स सम्बन्धी एशिया प्याशिफिक क्षेत्रिय अन्तर्राष्ट्रिय सम्मलेन गर्दैछ । तसर्थ उक्त सम्मेलनमा भाग लिन र आफुले गरेका एड्स सम्बन्धी कामको वारेमा कार्यपत्र प्रस्तुत गर्न का लागि निम्ता गर्नुका साथै कार्यपत्र पठाउनु भन्ने एउटा इमेल आयो । हामिले पनि खोजेकै त्यही । वस इमेल पढ्न नपाई आत्मेश्वर चापागाईं र अशोक ढुङ्गानालाई तुरुन्तै खवर गरें र हामिले प्रतिनिधित्व गर्ने संस्था असहाय पुनस्र्थापना समाजले गलैंचा कामदारहरुलाई सचेत गर्ने लक्ष्यले संचालन गरेका एच. आइ. भि. एजुकेशन प्रोग्रामको एक वर्षे मुल्यांकनको नतिजा सहितको पूर्ण पत्रको आब्स्ट्राक्ट तयार पारेर पठाउने भन्ने टुंगोमा साथीहरुसंग छलफल गरेर पुगियो ।
“महेन्द्र सर” ल न तपाईं त धेरै विदेश घुम्नु हुदोरहेछ, यसो हामिलाई पनि कतै कतै त लग्नोस्न” प्रायः मलाई नेपाल विद्युत प्राधिकरणमा काम गर्ने ड्राइभर लक्षण शर्मा जो अशोक दाई र आत्मेश्वर चापागाईंलाई अफिसकाममा गाडिमा लाने–ल्याउने गर्थें र कहिलेकाहिं मैले पनि त्यो गाडि चढ्ने अवसर पाउंथें, उनी भनिरहन्थे । तर म, मान्छेको स्वभाव न हो, उस्को मुल्यांकन उस्ले गर्ने कामको आधारमा गर्छौं, त्यो एउटा ड्राइभर कहाँ उस्लाई आफुसंग विदेश घुमाउनु ? ल ल भैहाल्छ नी भनिदिन्थें तर खासै वास्ता गर्दिनथें ।
एकचोटि म र चापागाईं जी कतै जाँदै थियौं । उही ड्राइभर लक्ष्मण हामिलाई बिमानस्थल पु¥याउन जाँदै थिए । “ए तँ जादा मलाई देवी शर्माको घरमा छोडिदे है, भैरब पुरस्कार गुठिको मिटिंग छ ।” हिंड्ने वेलामा बाबा (रमेश विकल) ले भन्नुहुन्छ । हस भन्दै म बाबालाई लिएर गाडी भए ठाउँमा आउँछु । गाडिमा आइपुग्नासाथ बाबा ड्राइभरलाई देखेर स्नेही स्वरमा “ए लक्ष्मण, तिमी ?” धेरै वर्ष भयो त नभेटेको, काँ गाडि पो चलाउन थाले छौ त” बाबाले लक्ष्मणलाई गर्नुभएको सम्बोधन सुनेर म आश्चर्यमा परें । हामि गाडिबाट हिंड्यौं र अलिपर पुगेर आत्मेश्वरजीलााई गाडिमा राख्यौं । त्यताबाट जोरपाटी अरब बैंक अगाडि देवी शर्माको घरमा बाबालाई ओरालेर हामि एयरपोर्ट तर्फ लाग्यौं । बाबासँगको परिचयको बारेमा लक्ष्मणलाई कतिखेर सोधौं भनेर म उकुस मुकुस भएर बसेको थिएँ । बाबा ओर्लनु हुनासाथ – ए लक्ष्मण जी, तपाईंको र बाबाको त एकदमै पुरानो परिचय जस्तो छ त ?
ए हो नि विकल सरसँग मेरो झण्डै २६–२७ साल देखि कै परिचय हो । तर मलाई तपाई विकल सरको छोरा भन्ने थाहा थिएन । म इण्डियाबाट वि.एस्सी.गरेर फर्केपछि चावहिल वस्न थालें, हो उहाँसग मेरो त्यही भेटघाट भएको हो र उहाँ मलाई निकै माया गर्नुहन्थ्यो र प्रायः मसँग हिन्दी जासुसी उपन्यास विशेषत इब्ने सफि वि.ए.को जासुसी दनियाँ लगेर खुव पढ्नुहुन्थ्यो । उस्को उत्तर सुनेर एकक्षण त मैले आपैंmलाई गालि गरें आफ्नो अहमतालाई लिएर किनकि त्यतिवेलाको साइन्स ग्राजुएट, तर अलिकति पनि अहम् छैन, गाडि ड्राइभर ।
हामि मलेशिया जाने क्रममा अशोक दाई र आत्मेश्वर चापागाईंजीसंग लक्ष्मणले पनि जाने इच्छा गरेछ र आत्मेश्वर चापागाईं जी ले हुन्छ, महेन्द्रलाई भनौंला मिलाइ हाल्नु हुन्छनी भन्नुभएछ र सोही अनुसार हामिले योजना बनायौं र मलेसियाबाट हाम्रो कन्फर्मेशन आएपछि चारै जनाले वेलायत दुतावासमा भिषाका लागि दरखास्त हाल्यौं । त्यतिवेला मलेसियाको प्रवेशाज्ञा वेलायती दुतावासले दिन्थ्यो । वेलायती दुतावासले अन्तर्बार्ताको लागि बोलायो र संयोग अन्तरबार्ता मसंग मात्र लियो र हामि सवैले भिषा पायौं ।
त्यसपछि अप्रिल २५, २००३ को दिन थाई एयरलाइन्सको जहाजबाट हामी चार जना बैंकक हुदै मलेसियाको क्वालालम्पुर तिर लाग्यौं र क्वालालम्पुरबाट करिव ३ घण्टाको ड्राइभिंग पछि हाम्रो गन्तव्य शहर मलाका पुग्यौं जहाँ २६ अप्रिल देखि २९ अप्रिल सम्म एड्स सम्बन्धि सम्मेलन थियो ।
मलेसिया, विविध जाती र संस्कृति र संघिय सम्वैधानिक राजतन्त्र भएको देश हो । यस्को भौगोलिक विभाजन १३ राज्य र ३ संघमा भएको छ । मलेसियाको नाम ‘मलेय’ र ल्याटिन ग्रिक प्रत्यय ”सिया” जोडेर मलेसिया रहेको हो जस्को अर्थ हुन्छ, ‘मलेयहरुको भूमि ।’
मलाका शहर : मलाका शहर तटिय राज्य मलाकाको राजधानी हो जुन मलेसियाको दक्षिण पश्चिममा अवस्थित छ । यस शहरको केन्द्रमा रहेको जोन्कर स्ट्रिट र चाइना टाउन प्राचिन वस्तुहरु खरिद गर्नकालागि र रात्री वजारको लागि प्रख्यात छ । यहा १७ औं शताब्दीको चिनिया चेंग हुं तेंग सिंगारिएको मन्दिर र विविध धर्मावलम्बीहरुले प्रार्थना गर्ने ठूलो हल छ । त्यसैगरी १८ औं शताब्दीमा निर्मित हरियो तीनछाने स्वपानकृत भवन र जाभीहरुद्वारा प्रभावित कामपुंग क्लिंगको मस्जिद छ
मलाका शहरकमा प्रख्यात १० हेर्नुपर्ने स्थानहरु मध्ये फामोशा किल्ला हो जुन पोर्चुगिज एम्पायर द्वारा निर्मित यो किल्ला पोर्चुगिज किल्ला हो । दक्षिण पुर्वी एशियामा आफ्नो अस्तित्व जोगाउनका लागि संघर्षरत युरोपियन आर्टिटेक्ट मध्ये यो सवैभन्दा पुरानो आर्टिटेक्ट हो । अहिले ती निर्मित किल्लाहरु मध्ये पोर्ट डे स्यान्टियागो र सानो ढोका भएको घर मात्र वांकी छ ।
त्यसै गरी त्यहाँ हेर्न घुम्न लायक स्थानहरुमा सेन्ट पाउलको चर्च स्टाड्थस, तत्कालिक डचहरुको टाउनहल र हाल म्युजियम क्राइस्ट चर्च –प्रोटेस्टान्टहरुको ऐतिहासिक चर्च, चेंग हुँ तेंग मन्दिर – यो १७ औं शताब्दीमा निर्मित चिनीया मन्दिर हो जहाँ तीन विचारहरु बुद्धिजम, कन्फ्युससीजम र ताओइजमको प्रयोग गरिन्छ । त्यसैगरी बाबा र न्योना सम्पदा म्युजिम यहां चिनीया र मलाया सम्पदाको संग्रह अवलोकन गर्न पाइन्छ । डच उपनिवेशकालिन निर्मित विण्डमिल र डच स्क्वायर अर्को आकर्षणको केन्द्र हो भने मेलेका सल्तनत प्यालेस म्युजियम जहाँ मलाकाको इतिहास र संस्कृतिको प्रदर्शन गरिन्छ ।
जोंकर स्ट्रिट रात्री वजार पनि पुग्न र हेर्नै पर्ने स्थान मानिन्छ । विदाको दिन खुलास्थानमा संचालन गरिने यो रात्री वजार जहाँ विविध मनोरंजनको साथै यहाँको खानाको स्वाद चाख्न र उपहारहरु खरिद गर्न सकिन्छ । मिनारा तामिंग सारी वन्दार हिलिर पनि पुग्नुपर्ने र अवलोकन गर्नुपर्ने स्थान हो । तामिंग सारी यस्को छुट्टा छुट्टै अर्थ चाही ढाल र सुन्दर भन्ने लाग्छ । तर यो समकालिन भ्यु टावर हो यस वाहेक पनि मलाका शहरमा हेर्नुपर्ने थुप्रै स्थानहरु छन् । जुन हामिजस्तो २–४ दिनको कार्यक्रममा जानेका लागि संंभव छैन ।
हुन त यो मलाका शहर क्वालालम्पुर भन्दा पहिला मलेसियाको पर्यटकहरुकालागि सवैभन्दा आकर्षणको केन्द्र थियो । झन अहिले २०१८ मा आएर युनेस्कोले विश्व संपदा घोषणा गरेपछि त झन बढि आकर्षण हुनेभैगयो। त्यसै पनि मलाका शहर मलेशियाको आकर्षक शहर मानिन्थ्यो । हामि मलाकाका केही ठाउँहरु हेरेर र सम्मेलन सकेर कार्यक्रम आयोजकले व्यवस्था गरिदिएको गाडिबाट क्वालालम्पुर शहरको लागि प्रस्थान ग¥यौं र हाम्रो क्वालालम्पुरमा दुई दिन बस्ने कार्यक्रम थियो ।
क्वालालम्पुर मलेशियाको राजधानी शहर हो । क्वालालम्पुर भन्नासाथ प्रायः सवैको दिमागमा आधुनिक शहर जहाँ विश्वको दोश्रो अग्लो जुम्ल्याहा टावर भएको ठाउँ भनेर संझना आई हाल्छ । पहिलो संसारकै अग्लो टावर अमेरिकाको न्युयोर्क शहरमा र दोश्रो मलेसियाको क्वालालम्पुरमा छ। क्वालालम्पुरमा रहेका यो जुम्ल्याहा टावर “पेट्रोनास ट्विन टावर” भनेर चिनिन्छ । ४५१ मिटर अग्लो ऐना र स्टिलबाट इस्लामिक रुपांकन अनूसार निर्मित गरिएको छ ।
यी दुई टावरलाई एउटा आकाशे पुलले जोडेको छ भने त्यहाँबाट हेर्नका लागि एउटा डेक बनाइएको छ ।
उवनिवेशकालिन इतिहास वोकेको क्वालालम्पुर १९ र २० औ शताब्दीमा एउटा सानो खानी उत्खनन इलाकाबाट राज्यको राजधानीमा छलाङ्ग लगाउन सफल भयो । शहरमा अवस्थित आर्टिटेक्ट र व्यापक अंग्रेजी भाषाको प्रयोग देख्दा आज पनि औपनिवेशकालिन इतिहासको विरासत लिएको देखिन्छ । हामि दुई दिनमा क्वालालम्पुरमा ट्विन टावर, वटु गुफा, अर्थात चुट्टान ।
यो गुफामा हिन्दू मन्दिर रहेको छ । मिनार टावर, चाइना टाउन, ऐतिहासिक स्क्वायर दात्रान माद्राका, सनवे लगुन जहाँ वाटर गेमहरु संचालन छन्, नेशनल मस्क अफ मलेशिया र सुल्तान अब्दुल समद् भवन जस्ता केही स्थानहरु घुमेर हामि फरी दुई दिन राकिने गरी थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गर्यौ ।
क्वालालम्पुर घुम्दा हामिले केही नेपाली युवाहरु जो त्यहाँ काम गर्न गएका थिए, उनीहरुलाई पनि भेट्यौं । ती मध्ये कोही त सायद वाटो विराएका अर्थात् पैसा कमाएर घर फर्केर आउने सोच नराखि त्यही मात्र मास्तीको जीवन पनि विताउंदा रहेछन् काम गर्यो २–४ पैसा कमायो अनि मोजमस्ती गर्यो सक्यो ।
जे होस धेरै अघि देखिको मलेसिया जाने इच्छा वर्ल्ड युथ फाउण्डेशनले पुरा गराई दियो र हामी मलेसियाको मलाका र क्वालालम्पुर शहरको एक हप्ताको घुमाई सकेर बैंकक आयौं ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक