बुढानिलकण्ठ स्कुल : रास्ट्रको शान तर स्थानीयको अपमान

बुढानिलकण्ठ स्कुल : रास्ट्रको शान तर स्थानीयको अपमान

कपन अनलाइन

काठमाडौं ,असोज २१/पुन्यराज पुडासैनी

बुढानिलकण्ठ स्कुल जसको परिचयका लागि कुनै भूमिकाको आवस्यकता पर्दैन । खोक्रो देखावटी आडम्बर र हैकमवादी प्रवृतिका पालकहरुलाई यसलाई राजा महाराजाले अध्ययन गर्ने शिक्षिक धरोहरका रुपमा चिनाए तापनि  यो नेपालका दुर दराजका हजारौले आफ्ना सपनालाई सफल बनाएको शिक्षालय हो।

सयौ रोपनी क्षेत्रफलमा फैलिएको रातो पर्खालले छेकेर बेग्लै संसार वा बैभवको प्रतिक झैँ बनाइएको सो विद्यालयले यसलाई श्रम,शिप र सुरक्षा दिने स्थानीयहरु भने वर्षौ देखि केहि थान जागिर,केहि बक्सिस र कहिँ पटक ठुलाबडाको दर्शन भेटमै सिमित गरेर अपमान गरिरहेको अनुभव प्रस्ट रुपमा गर्न सकिन्छ।

पंचायतकालमा स्थापना भएको सो विद्यालय व्यवस्थाको प्रतिक थियो भने प्रजातन्त्रमा प्रभाव देखाउने मैदानमा परिणत भएर अहिले गणतन्त्रमा पनि तिनै विषद् विगतको अबसेसका रुपमा रहेको छ। यसलाई विषद विगत भन्नुको अर्थ अहिले पनि त्यो रातो पर्खाल भित्र पुरानै विधि,नीति र नियमका अभ्यास प्रसस्तै देख्न सकिन्छ।

यसको उदाहारणका रुपमा विद्यालय व्यवस्थापन समिति गठनलाई लिन सकिन्छ । नेपाल भर रहेका सामुदायिक,गुठि र निजि विद्यालयहरुको व्यवस्थापन समिति गठनको अधिकार स्थानीय तहलाई रहेको छ। तर बुढानिलकण्ठ स्कुल भने यो प्रावधान भन्दा माथि छ किनकी यहाँ सो नियम लागु भएको छैन।

बुढानिलकण्ठ स्कुल रहेको बुढानिलकण्ठ नगरपालिकाका सबै वडाहरु अहिले विद्यालयले दिएको केहि थान छात्रवृतिलाई ठुलै युद्धमा विजय भएको घोषणा जसरि सुचना निकालेर रमाउन मै व्यस्त छन् भने विद्यालयमा नगरपालिकाको अस्तित्व र भूमिका मागिरहेका नगर प्रमुख उद्दव खरेल एक्ला बृहस्पति झैँ देखिन्छन।

कुनै समय कुलीन वर्गको प्रभुत्व रहेको सो विद्यालय संगै रहेको विष्णुमति नदीमा धेरै पानि बगिसकेको छ र त्यहि पानि संगै नगरका हजारौ छोरा छोरीहरुको सो पर्खाल भित्र प्रवेस गर्ने सपना पनि तर विडम्बना स्थानीय सरकार सो स्थानमा कुनै कार्यक्रम गर्न अझै  पनि लामो प्रक्रियाको अवरोध पार गर्नुपर्ने बाध्यतामा रहेको छ।

स्थानीय सरकार वा प्रतिनिधिहरुले विद्यालयमा कुनै कार्यक्रम गर्ने प्रयास वा भूमिकाको माग गर्ने वित्तिकै विभिन्न अवरोध र खेलवाड गर्ने प्रवृति अझै दरिलो रुपमा विद्यालयमा रहेको एक स्थानीय शिक्षासेवी बताउछन।कसैले सो विद्यालयमा स्थानीयहरुको सम्मानजनक भूमिकाको माग गर्ने वित्तिकै फलाम काट्न फलाम प्रयोग गरिए झैँ स्थानीयहरुलाई नै विभिन्न स्वरूप र भूमिकामा प्रयोग गर्ने शुत्र प्रयोग गर्दै आएको विद्यालय अहिले सम्म पनि सो शुत्रमा सफल बनेको उनले अनुभव सुनाए।

वडा कार्यालयको आड मै मापदण्ड नहेरी पर्खाल लगाउदा पनि जनप्रतिनिधि बोल्न नसक्ने जनप्रतिनिधि र विद्यालयको बोलीमा लोली मिलाउने स्थानीय अगुवाहरुको मनोवृति माथि कटाक्ष गर्दै उनि भन्छन ,” खै कुन जादुमयी हावा भित्र बाट चल्छ कुन्नि बाहिर सबै जादुमय तरिकाले नतमस्तक बन्छन,अहिले म त्यो हावाका वारेमा अध्ययन गर्दैछु।”

पटक पटक आफ्ना प्रमुखले सो विद्यालयमा नगरपालिकाको सम्मानजनक भूमिका र स्थानका लागि आवाज उठाई रहदा पनि त्यो पंक्तिमा यो संग प्रत्यक्ष सरोकार राख्ने वडाहरुका प्रतिनिधि खुलेर उभिन नसक्नुको कारण खोतल्नुपर्ने एक स्थानीय समाजसेवी बताउछन। बुढानिलकण्ठ भगवान सयन गरेको पावन भूमिमा नै यस्तो अपमान सहन पर्ने परिस्थितिका कारण खोज्नुपर्ने उनको धारणा रहेको छ।

सो विध्यालयमा केहि दर्जन कर्मचारी,शिक्षकलाई रोजगारी र केहि व्यक्तिको संचालनमा प्रतिनिधित्वलाई ठुलै उपलव्धि ठानेर रमाउने भन्दा पनि बुढानिलकण्ठका बालबालिका तथा युवाहरुको अध्ययन र अवसरलाई प्राथमिकतामा राख्नुपर्ने एक बुद्दिजीवी बताउछन।सो विद्यालयमा कम्तिमा १० प्रतिसत स्थानीय विद्यार्थीहरुका लागि छात्रवृति हुनुपर्ने र यसको कार्यान्वयनका  लागि स्थानीय सरकारले नेतृत्वदायी भूमिका खेल्नुपर्ने उनको धारणा रहेको छ।

समयको बहाव र परिस्थितिको माग अनुसार विद्यालयले पनि स्थानीयको विचमा बहसका रुपमा चल्दै गरेको सो विषयलाई गम्भीर मनन गरेर यसका लागि पहल थाल्ने वेला आएको एक स्थानीय शिक्षक बताउछन।यसलाई वेलैमा सम्बोधन नगर्दा स्थानीयहरुको स्नेह आक्रोसमा परिणत भयो भने विद्यालयको गरिमामा असर पुग्ने बताउदै उनले रास्ट्रको शान यो विद्यालयले  स्थानीयको अपमान हैन सम्मान गर्नुपर्ने धारणा राखेका छन।

 

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।