टेन्डर भएको पाँच वर्ष पछी बुढानिलकण्ठ -१२ तेन्जिङ चोक बाटो ढलान

टेन्डर भएको पाँच वर्ष पछी बुढानिलकण्ठ -१२ तेन्जिङ चोक बाटो ढलान

कपन अनलाइन

काठमाडौं ,असोज २२।

टेन्डर भएको पाँच वर्ष पछी बुढानिलकण्ठ -१२ तेन्जिङ चोक सडक  ढलान भएको छ। २०७२ शाल मंगसिरमा टेन्डर आव्हान भएर पनि लामो समय सम्म निर्माण नभएको सो सडकको शुरुवाती विन्दुमा १३२ मिटर ढलान गरिएको छ।

बुढानिलकण्ठ नगरपालिकाले सार्वजनिक सौचालय निर्माणका लागि टेन्डर आव्हान गरेको तेन्जिङ चोक क्षेत्र बाट वडा नं ११ हुदै १३ चुनिखेल सम्म विस्तार तथा निर्माण गर्न लागिएको सो सडकको खरिबोट -आनिगुम्बा ४५ मिटर र फैका चोकको ४० मिटर ढलान कार्य प्रक्रियामा रहेको वडा नं १२ का अध्यक्ष शम्भु भट्टराईले जानकारी दिएका छन।

बुढानिलकण्ठ नगरपालिकाको पूर्वी भागको महत्वपूर्ण भौतिक पूर्वाधारका रुपमा रहेको सो सडक निर्माणका लागि स्थानीय तहको निर्वाचन हुनुभन्दा २ वर्ष अगाडी टेन्डर भए पनि ठेकेदारको लापरवाही र स्थलगत रुपमा रहेका विभिन्न अवरोधका कारण अलपत्र अवस्थामा रहेको थियो।

वडा समितिमा निर्वाचित भएर आए देखिनै सो सडकलाई प्राथमिकतामा राखेको बताउदै वडा अध्यक्ष भट्टराईले पटक पटकको प्रयास पछी स्थानीय जनताको माग पुरा गर्न सकेकमा खुसि लागेको बताएका छन।

सो स्थानमा ढलान गर्ने दिन सामान्य विवाद र समस्या देखिएपनि स्थानीयहरुले वर्षौ देखि माग गरिरहेको पूर्वाधार निर्माणमा सहयोग गरेको बताउदै अध्यक्ष भट्टराईले वडा नं १२ को तेन्जिङ चोक -आनिगुम्बा खण्डमा ढलान बाहेकका स्थानमा कालोपत्रे गरिने जानकारी दिएका छन।

 

तपाइँको प्रतिक्रिया ।