पौराणिक यज्ञडोल जगडोल गाउँ

पौराणिक यज्ञडोल जगडोल गाउँ
कपन अनलाइन 
काठमाडौँ, असोज ५ । यश राज गौतम 
काठमाण्डौ उपत्यकाको उत्तर पुर्बी काखमा बूढानीलकण्ठ नगरपालिका र गोकर्णेश्वोर नगरपालिकाको सिमानामा अवस्थित एउटा सुन्दर तथा रमणिय गाउँ हो “जगडोल” । समुन्द्र सतह देखि करिव १४५० मि उचाईमा रहेको यस गाउँ वाट काठमाण्डौ उपत्यकाको चारै तिर रहेका सबै डाडाहरुलाई एकै स्थानवाट देख्न सकिन्छ । यज्ञडोल जगडोल सामुदायिक बन, जगडोलमा निर्माण हुँदै गरेको राष्ट्रिय सहिद पार्क, तारेभिर सम्म फैलिएको ठानेडाडाको हरियाली, विभिन्न मठ मन्दिर, बौद्ध स्तूप तथा गुम्बाहरु, प्राकृतिक खानेपानी, स्वच्छ र शान्त वातावरण, काठमाण्डौ सहर तथा डाडापाखाका हरिया एवं मनोरम दृष्य, हाईकिङ्ग तथा साईक्लिङ्ग पथ र पर्याप्त होटेल तथा रेष्टुरेन्ट रहेको कारण काठमाण्डौ शहरको निकै नजिकमा रहेको यस गाउँ पर्यटकिय क्षेत्रको रुपमा आफ्नो परिचय बनाउदै गएको छ ।
जगडोललाई एउटा पौराणिक गाउँ पनि मानिन्छ । पहिले त्रेतायुगमा शिवका भक्त रावणले यहिँ भुमिमा आई यज्ञ गरेकाले यस गाँउको नाम यज्ञडोल रहन गएको हो र सोही यज्ञडोल पछि गएर जगडोलमा परिणत भयो भन्ने श्रुति कथन रहेको छ । श्रीस्वस्थानीको कितावमा उल्लेख भए अनुसार, जागेश्वोर भगववान यसै पबित्र भुमिमा हुनुहुन्छ । भागवतको दशमस्कन्दमा श्रीकृष्णको दाजु बलराम तिर्थ गर्न आउदा “गोकर्ण सानिध्यं यत्र धुर्जटे” अर्थात गोकर्णमा सधै जटाधारी भगवान भोलेनाथ हुनुहुन्छ, भनिएको छ ।
ऐतिहाशिक क्षेत्र गोकर्णेश्वोर महादेबको मन्दिर उत्तरगया गजाधरको उत्तरमा दिशामा रहेको जगडोल डाडा सल्लाघारी बन (हाल राष्ट्रिय सहिद पार्क, जगडोल) को अलिक मुनि एउटा रावण्डे पोखरी रहेको बुडापाकाहरुले बताउछन । पैयाटार हुँदै बग्ने यज्ञमति खोलाको शिर पनि यसै गाउँ वाट सुरु हुन्छ । यसै आधारमा पनि यस गाउँको पौराणिक नाउँ यज्ञडोल भएको भन्न सकिन्छ ।
यसै गाउको उत्तरी भुभागमा शिवपुरी राष्ट्रिय निकुन्ज सम्म फैलोएको अर्को बिशाल बन क्षेत्र रहेको छ । सोही खण्डको थानेडाडामा पृथ्वीनारायण शाहले उपत्यका आक्रमण गर्न बनाएका केही एतिहासिक युद्ध गढिको अवसेषरु रहेका छन । त्यस स्थान भन्दा अलि माथिको भुभागलाई भुमिस्थान भनिन्छ । जहाँ स्थानिय विभिन्न जातजातिहरुले तिथि चाडबाडमा पुजाआजा पनि गर्ने गर्दछन ।जगडोल गाउँको उच्च डाडामा परापुर्बकाल देखि मानिदै आएको चामुण्डादेबिको मन्दिर रहेको छ । जोरपाटी स्थित चामुण्डादेबी मन्दिरको यहि चमुण्डा देबि भगवतीको प्रतिमा लगेर स्थापना भएको हो, भनी जानकारहरुले भन्ने गर्दछन । जगडोल झण्डापार्कमा स्थापना भएको यज्ञश्वरी नवदुर्गा मन्दिर पनि यसै देबीको प्रतिमा पनि लगेर स्थापना भएको भन्ने भनाई रहेको छ ।
जगडोल झण्डापार्कमा प्यागोडा शैलिको उक्त आधुनिक देबी मन्दिर उच्च तथा खुल्ला डाडामा बिशाल पिपलको रुखको छहारिमा रहेको र मनमोहक भौगोलिक बनौटले गर्दा पनि अत्यन्त शोभनिय देखिन्छ ।त्यसैगरी जगडोलको भन्ज्याङमा श्रीकृष्ण भगवानको मन्दिर रहेको छ । यस मन्दिरमा हरेक भाद्र कृष्ण अष्टमिमा स्थानियहरुले पुजा आजा गर्ने गर्दछन । साथै भोलिपल्ट जगडोलको एक मात्र स्थानिय जात्रा श्री राधाकृष्णको रथारोहण जात्रा धुमधामले बाजागाजाको साथमा मनाईने गरिन्छ ।
काठमण्डौ सहरको यति नजिकैको स्थानमा रहेको राष्ट्रिय सहिद पार्क बनभोज सभा सेमिनारको लागि उपयुक्त गन्तव्य हो । शान्त वातावरण, सहज तथा खतरमुक्त यातायत र पर्याप्त पुर्वाधारहरु भएकोले बिदाका तथा अन्य दिनमा पनि त्यस्ता सामुहिक कार्यक्रम, बनभोज आदिको लागि आउने गर्दछन । साथमा नेपालिहरुको आस्थाको स्तम्भ नेपालको राष्ट्रिय झण्डा राखिएको झण्डपार्क डाडाको उचाईमा फरफराईरहेको रातो झण्डाले हरेक आगन्तुकको मन छुन्छ।यद्यपि पार्कको निर्माणले पुर्णता पाउन सकेको छैन, यस स्थानको उचित ब्यबस्थापन हुन सकेको छैन । तैपनी जगडोलको उच्च भौगोलिक बनोट, स्वच्छ एवं हरियाली वातरण नै पर्यटकहरुको आकर्षणको प्रमुख कारण बनेको छ ।
यस स्थानमा बिहानको झिसमिसे देखि नै शारिरिक ब्यायमको लागि आउनेहरुको बाक्लो घुइचो लाग्ने गर्दछ । साथै मध्यान्ह र साझँको समयमा पनि सितल बतास र सुर्यास्तको पहेलो घामको महसुस गर्न प्रसस्त आगन्तुकहरु आउने गर्दछन । यस ठाउँ वाट काठमाण्डौ उपत्यकाको नगरकोट, चागुँ नारायण, फुलचोकी, चम्पादेबी, शिवपुरी, नागार्जुन, भालेश्वोर, मणिचुण, बौद्ध, स्वयम्भुनाथ, त्रिभुवन बिमानस्थल लगायतको स्थानहरु एकै ठाउँ वाट खुला आखाले देख्न सकिने भएकोले पनि आगन्तुकहरुको रोजाईको स्थान बनेको छ ।
स्थानिय पुलहरी गुम्बा पनि पर्यटकिय आकर्षणको अर्को श्रोत बनेको छ । बौद्ध धर्ममा आस्था राख्ने स्वदेशी तथा बिदेशी धार्मिक पर्यटक, बौद्ध कला तथा संस्कृतिम चासो राख्ने ब्यक्तिहरु दिनहु सैयौको संख्यामा आउने गर्दछन । यसै गुम्बाको नजिकै रहेको कपन अमिताब फाउन्डेसन कपन गुम्बाको मनोरम आकृतिले पनि धर्मबलम्बिहरुको मन खिचेको छ । साथै तारेभिर स्थित नागी गुम्बा पनि यहि गाउको बाटो हुँदै जाने भएकोले पनि बौद्ध धर्मको गन्त्यब्य बनेको छ ।
पछिल्लो समयमा जगडोललाई आन्तरिक पर्यटनको गन्त्यब्यको रुपमा बिकाश गराउनु पर्दछ भन्ने स्थानिहरुको चाहना अनुरुप यहाँका स्थानिय बासिन्दाहरुले स्थानिय निकायको सहयोगमा जगडोल प्रबेशद्वारको निर्माण गरिएको छ । जापानी कलाकृतिमा बनेको यस प्रबेशद्वार नेपालको पहिलो जापानी शैलिको प्रबेशद्वार हो । जापानीज भाषामा यस्तो द्वारलाई “टोरि” भनिन्छ । टोरि बिशेषत कुनै धार्मिक स्थल मन्दिर तथा पबित्र स्थलमा जाने स्वागत द्वारको रुपमा लिइन्छ । जगडोल आफैमा एउटा पबित्र भुमी हो । यस गाउँको नामाकरण नै पौराणिक आधारमा भएको हो ।
हिन्दु धर्मका विभिन्न मठ मन्दिर तथा बौद्ध धर्मका स्तूप, गुम्बा आदि भएको यस गाउँ आफैमा धार्मिक एवं पबित्र स्थान हो । साथै देशका निम्ति शाहदत भएका महान शहिदहरुको स्मरणमा निर्माण हुन लागेको राष्ट्रिय सहिद तथा शान्ती पार्क स्मारकमा आउने आगन्तुकहरुको स्वागतको लागि टोरि उपयुक्त शैली हुने अवधारणाको साथमा यसको निर्माण गरिएको हो ।
काठमाण्डौ उपत्यकाको अधिकांश पानीका मुलहरु सुक्दै गएको अवस्थामा जगडोलमा रहेको कलात्मक ढुङ्गेधारा यस क्षेत्रको लागि बरदान सरि बनेको छ । प्राकृतिक मुलवाट बाह्रै महिना समान रुपले आउने पिउने पानीको लागि काठमाडौको बौद्ध महांकाल देखिका सैयौको संख्यामा पानी लिन आउने गर्दछन । जगडोल भञ्ज्याङ् सडक खण्डमा रहेको यो ढुङ्गे धारा सम्म आउन जानको लागि सहज भएको कारण पनि हजारौ मान्छेहरुको प्यास मेटाउने महत्वपुर्ण स्रोत बनेको छ ।
बुढानीलकण्ठ नगरपालिकाका वडा नं ११ र १३ तथा गोकर्णेश्वोर नगरपालिकाको वडा नं ३,४ र ९ को आंशिक समिश्रणमा रहेको यो गाउँ प्रशासकिय खाकामा पनि भिन्न किसिमको रहेको छ । ब्राम्हण, क्षेत्री, नेवार, तामाङ्गहरु यहाँका पुराना जातजातिहरु भएता पनि यहाँ सबै किसिमका जातजातिको मिश्रित बस्ती रहेको छ । प्रशासकिय भुबनोटले दुई नगरपालिकामा बिभाजन गरेतापनी वा विभिन्न जातजातिका बासस्थान भएता पनि यहाँका हरेक चाड पर्व, संस्कार सँगै मिलेर बसेको बस्तिहरु यहाको थप सुन्दरता हो ।
काठमाण्डौ शहरको केन्द्र वाट करिव १० कि मि को दुरिमा रहेको जगडोल सम्म पुग्नको लागि जगडोल प्रबेशद्वार सम्म जाने सार्वजनिक यातायत चल्ने गर्दछ । गाउँ जति नै सुन्दर भएता पनि यातायतको हिसावले अन्य स्थानको दाजोमा यस ठाउको बिकास हुन सकेको छैन । जगडोल हाईट सम्म जाने सार्वजनिक यातायतको सुबिधा समेत छैन । बाटाहरु साँघुरा  र जिर्ण भईसकेका छन । घुम्न आउने आगन्तुकहरुका निमित्त सार्वजनिक शौचालयको समेतको ब्यबस्था छैन । यदि यस्ता सामान्य कुराको मात्र ब्यबस्थापन गर्न सक्ने हो भने यो गाउँ सान्दार पर्यटकिय गन्तव्य बन्न सक्दछ । आन्तरिक पर्यटनको ब्यबसायिक संभावना भएको यस क्षेत्रको उचित संरक्षण तथा सम्बर्द्धन हुन अत्यन्त आवश्यक छ ।
तपाइँको प्रतिक्रिया ।