अलपत्र सुवर्ण शमशेर क्रिकेट मैदानमा उभिएर प्रदेस सभा सदस्य कार्की र श्रेष्ठलाई प्रश्न ?

अलपत्र सुवर्ण शमशेर क्रिकेट मैदानमा उभिएर प्रदेस सभा सदस्य कार्की र श्रेष्ठलाई प्रश्न ?

कपन अनलाइन

काठमाडौं ,असोज ५/पुन्यराज पुडासैनी

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा रहेको सुवर्ण शमशेर क्रिकेट मैदानमा पुग्ने जो सुकैले पनि यो ठुलो खेलकुद पूर्वाधार हो भन्ने कतै बाट पनि देख्दैनन । वर्ष वर्षमा सांसद कोष ,खेलकुद कार्यालय ,प्रदेस सरकार बाट ठुलो धनराशी यसमा पोखिए अनि त्यो रकम यहि मैदानको बालुवामा मिसिएर  रुद्रमती (धोवीखोला ) खोलाको पानी संगै बगिरहेको झैँ भान हुन्छ।

पुर्व प्रधानमन्त्री स्वर्गीय शुशील कोइरालाले शिलान्यास गरेर वर्षौ वितिसक्दा पनि सो स्थानको हालत भने उस्तै छ भने केहि टुक्रे पर्खाल र सानातिना संरचना निर्माण गरेर केहि हुदैछ भन्ने भ्रम छर्न भने यसका सरोकारवालाहरुले पटक पटक प्रयास गर्दै आएका छन।

काठमाडौं क्षेत्र नं ४ (२) मा रहेको यो स्थानमा क्रिकेट मैदान निर्माण होला र विभिन्न प्रतियोगिताहरु हेर्न पाइएला भनेर खुसि भएका स्थानीयहरु अहिले सो स्थानमा हुने म्युजिक भिडियो र फिल्मको शुटिंग हेरेर रमाइलो लिदै यसको विकास र विस्तारका योजना सुनाउने प्रतिनिधिहरु खोजिरहेका छन ।

बुढानिलकण्ठ नगरपालिकाको महत्वपूर्ण भौतिक पूर्वाधारका रुपमा विकास हुनुपर्ने सो मैदानको दुरावस्थाका कारण अहिले यो केहीलाई आक्रोस पोख्ने ,केहीलाई असन्तुस्टी शान्त पार्ने ,केहीलाई राजनीतिक र सामाजिक प्रतिसोध साध्ने गजवको माध्यम बनेको छ। जनताको स्तर बाट निकै चासो, चिन्ता र जिज्ञाशाको केन्द्रमा रहेको यस मैदानको विकास र निर्माणको गहन जिम्मेवारी बोक्नु पर्ने व्यक्तिहरु भने मौन छन वा भनौ सबै देखेर पनि नदेखे झैँ गरिरहेका छन।

सरोकारवालाहरुको गैर जिम्मेवारीपन र उदासिनता यति बढेको छ कि यस मैदान संग प्रत्यक्ष सरोकार नरहेका व्यक्तिहरु प्रति पनि बेला बेलामा  असन्तुस्टी र  प्रतिसोध साध्ने माध्यम बनेको छ। यो मैदान अहिले यस्तो विषय बनेको छ कि यो संग जोडेर जो सुकै प्रतिको भडास,आग्रह ,पूर्वाग्रह पोख्दा पनि सबैले पत्याउनु पर्ने भएको छ । अझ रोचक कुरा त् के छ भने यो मैदानको दुरावस्था संग जोडेर नेपालका कुनै पनि सांसद ,नेता वा व्यक्तिलाई प्रति टिप्पणी गरे पनि किनारमा बसेर तालि पिट्ने बग्रेल्ती मान्छे भेटिन्छन। किनकी यसको मुख्य जिम्मेवारी पाएका ब्यक्ति र जनप्रतिनिधिहरुले गालि खाने समेत हैसियत गुमाएका छन ।

सुवर्ण शमशेर मैदान रहेको निर्वाचन क्षेत्रका जनप्रतिनिधि र यसको जिम्मेवारी पाएका व्यक्तिहरुको अकर्मन्यता र बेवास्ताले गर्दा सधै नकारात्मक बहसको केन्द्रमा रहन यो मैदान बाध्य भएको छ। यस मैदानमा पटक पटक रकम व्यवस्था गरेर पनि परिणाम नआउदा निरास बनेका काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य गगन थापा ,नगर प्रमुख उद्दव खरेल र समितिका वारेमा धेरै गुनासो ,आग्रह र आक्रोस  पटक पटक  पोखिइ सकिएको छ। त्यतिले पनि नपुगेर अन्य क्षेत्रका सांसदहरुलाई पनि यसमा तानिएको छ किनकी यो मैदानको बेहाल अवस्था नै यस्तो छ कि नेपालका जुनसुकै निर्वाचन क्षेत्रका सांसदलाई पनि यसको दोष दिन सकिने परिस्थिति सृजना भएको छ । किनकी यो मैदान रहेको प्रदेस निर्वाचन क्षेत्र बाट निर्वाचित र समानुपातिक प्रदेस सभा सदस्यहरुको कुनै कुनामा सानोतिनो पनि भूमिका र पहल कदमी देखिएको छैन ।

यस क्षेत्रका जनताको माझमा जाँदा मत र मन जित्नका लागि यसै मैदानलाई भजाएका सांसदहरु कुनै पहलकदमी नलिइकन जिम्मेवारी बाट भाग्दाको परिणाम सुवर्ण शमशेर क्रिकेट मैदानको हालको अवस्थाले प्रस्ट देखाउछ।

यस मैदान संग सरोकार राख्ने प्रदेस सभा सदस्य कुसुम कुमार कार्की यसैको सिरानमा शिवको मुर्ति सहित पर्यटन केन्द्र बनाउने अभियानको घोषणा गरेर त्यसैमा व्यस्त रहेर होला सायद यसका वारेमा कुनै मंचमा आफ्नो धारणा राखेका छैनन । प्रदेस सभाको पर्यटन उपसमितिको संयोजक समेत रहेका उनले आफ्नै क्षेत्रमा खेलकुद पर्यटनको यति विशाल पुर्वाधारका वारेमा साधेको मौनताले धेरै प्रश्न जन्माएको छ।र ति प्रश्नका तगाराहरु उनले आगामी दिनमा पटक पटक सामना गर्नुपर्ने तर्फ उनले गम्भीरतापुर्वक मनन गर्लान भन्ने आशा गर्नु  बाहेकको विकल्प यस प्रदेस क्षेत्रका जनता संग रहेको देखिदैन ।

त्यस्तै साविक चुनिखेल गाविसका पुर्व अध्यक्ष समेत रहेका बागमती प्रदेशका प्रदेस सभा सदस्य न्युछे नारायण श्रेष्ठले पनि सांसद गगन थापाको नाम बोकेर मैदान वरिपरी फुर्सदमा डुल्नु सिवाय कुनै पहल गरेको देखिदैन। आफुलाई चुनिखेलको विकासको बाहक भनेर दावी गर्दै  आएका उनले वडाको सानका रुपमा रहेको यस मैदानका लागि प्रदेस सरकार बाट खुद्रा सहयोग गरेको प्रचार बाहेक केहि गर्न नसकेकोमा धेरैले आश्चर्य मान्दै आएका छन । हरेक दिन प्रातकालिन भ्रमणमा निस्कदा देखिने मैदानको बेहाल अवस्था देख्दा पनि उनले किन केहि गर्न सकेनन ? यो प्रश्नले उनलाई लखेटीरहने छ।

लामो समय देखि जनताको माझमा जनप्रतिनिधिका रुपमा अनुभव सम्हालेका प्रदेस सभा सदस्य द्वयले आफ्नो मौनवर्त तोडेर आफ्नो धारणा र भूमिका देखाउन ढिलो भैसकेको जनताको मनोभावना बुझ्न सक्लान त् ? यो प्रश्न अहिले काठमाडौं ४(२) मा गुन्जिरहेको छ।

त्यस्तै सो मैदान निर्माणको जिम्मेवारी पाएको सुवर्ण समशेर प्रतिष्ठानले पनि मैदान निर्माणको विधि ,समिति ,जग्गा सट्टा भर्ना गरेको दस्तावेज र हाल सम्म आएको रकम र त्यसको प्रयोगको अवस्थाका वारेमा सामाजिक परिक्षण गर्ने प्रयास अविलम्ब थाल्नुपर्ने देखिन्छ। यदि यसो गर्न समिति असमर्थ बनेको खण्डमा परिदृश्यका धेरै प्रश्न सार्वजनिक रुपमा प्रकट हुनेछन। र त्यसको ओजन बाट पक्कै समिति उम्कन पाउने छैन।

यस निर्वाचन क्षेत्रका हजारौ खेलाडी उत्पादनको सुनौलो अवसर मैदानको भूगोल झैँ  चिराचिरा परेको पीडादायी अनुभव संगालेका जनताहरु राजनीति ,समाज, सम्बन्ध ,प्रभाव र दवावको निन्द्रा बाट अव ढिला भएन र ?

के आफ्नो मतको बलमा बनेका आफ्नै प्रतिनिधिहरुले  क्षेत्रको खेलकुद धरोहर निर्माणमा पहल गरेनन भनेर गुनासो गर्न जनता अन्तै कतै साहारा खोज्न भौतारिनु पर्ने लाचार अवस्थामा पुगेका हुन् ? अलपत्र सुवर्ण समशेर क्रिकेट मैदानमा उभिएर प्रदेस सभा सदस्य कार्की र श्रेष्ठलाई प्रश्न ?

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।