गोकर्णेश्वर ६ मा बौद्ध जोरपाटी युवा एकता समाजको रक्तदान कार्यक्रम सम्पन्न

गोकर्णेश्वर ६ मा बौद्ध जोरपाटी युवा एकता समाजको रक्तदान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौँ, असोज ५ बौद्ध जोरपाटी युवा एकता समाजको  रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार  गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ को कार्यालय प्राङ्गणमा रेड क्रस सोसाइटीको प्राबिधिक सहयोग रहेको  सो कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष रमेश अर्यालको प्रमुख आतिथ्यता रहेको थियो ।

गोकर्णेश्वर नगरपालिका वडा कार्यलयको आर्थिक सहयोगमा सुरक्षित तवरले  आयोजना गरिएको सो रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गरेको समाजकी अध्यक्ष सन्जिता लामाले जानकारी गराइन। कार्यक्रममा वडा सदस्य नवराज लामा,जगन्नाथ ढकाल लगाएतको उपस्थिति रहेको थियो ।

कोरोना भईरस (कोभिड–१९) को संक्रमणको जोखिमको बिषम परिस्थितिमा पनि मानविय सेवाको भावनाबाट उत्प्रेरित भई रक्तदान कार्यक्रममा सहभागि भई रक्तदान गर्नुहुने सम्पूर्ण रक्तदाताहरुलाइ  आयोजकले  धन्यबाद दिएका छन् ।

तपाइँको प्रतिक्रिया ।