कोभिड-१९ को प्रभाव प्रविधिमा

कोभिड-१९ को प्रभाव प्रविधिमा

 कपन अनलाइन 

काठमाडौं ,असोज ४ /हर्क यासुकि

कोरोनाले विश्व मानव जगतको स्वास्थ्यमा चुनौतीको रूपमा प्रकट गरेको पाइन्छ तर प्रविधिलाई भने अभिशापको रूपमा नभइकन बरदान भएको पाइन्छ । यस कुरालाई पूर्ण वा अपूर्ण रुपले सम्पूर्ण जनमानस र प्रतिनिधित्व कार्यालय संघसंस्था र  विधुतीय आइसिटी स्रोत र साधनहरूको उपभोगबाट  प्रष्ट थाहा पाउँछौ  । आजकाल दैनिकजसो प्रत्येक व्यक्ति वा सेवा सुविधा दिने संघ संस्थाहरुमा कुनै न कुनै रुपले प्रविधीको प्रयोग गरेर कमभन्दा कम जोखिम वहन गरेर उच्चतम रुपले सेवा र सुविधा दिनको निमित्त प्रविधिको प्रयोगमा ल्याएको पाइन्छ । आइसिटीको सहायताले मानिसलाई भौतिक रुपले उपस्थित  नगराए पनि भर्चुअल र अडियोको सहयोगले नजिक र संसारलाई कुनै एक गाउँको रूपमा विकास गरेको पाइन्छ । नेपाल जस्तो भौगोलिक विकटता र विकासोन्मुख देशहरुले आइसिटीको उच्चतम प्रयोगमा लिएर सजिलै सँग देश र जनतामा सुलभ तरीकाले प्राविधिक सीप, शिक्षा, जनचेतना  जगाउन र विकास गर्नको निमित्त एक कोशेढुंगा साबित हुने थियो ।

 

कोभिड-१९ ले सूचना तथा संचार प्रविधिले विश्वमा रहेका मानिसलाई संचारको क्षेत्रमा अमुल परिवर्तन लिएको पाउँछौ । जुन कुरा कोभिड भन्दा अगाडि समयमा कम मात्रमा मानिसले आइसिटीको प्रयोगमा ल्याएको थिएँ, तर हालको अवस्थामा प्रत्येक जनबोलीमा आइसिटीको महत्व झनै बढ्दै गएको महसुस भएको छ । संसारभरि    कोभिड-१९  को डर त्रासमा रहेको बेला सबै क्षेत्रमा आइसिटीको माग बढ्दै गएको पाउँछौ । जस्तै दूर भर्चुअल शिक्षा, बहस, संवाद, कार्यालयको काम, अनलाइन बैकिङ,  बिल भुक्तानी, किनमेल, बिज्ञापन,  मनोरञ्जन आदि क्षेत्रमा आइसिटीको प्रमुख भुमिका खेलेको पाइन्छ ।

जुन कुरा हिजेको समयमा मानिसहरूले  विलासीताका स्रोत र साधनको रूपमा प्रविधिलाई वर्णन गर्ने गरेका थिए तर आजको समयमा र आउँदो समयमा प्रविधिबाट अलग र नअगाल्ने व्यक्ति  समाजमा कम मात्रामा पाउँछौ । प्रविधिक ज्ञान, सीप,  शिक्षित नभएमा आजको समयमा यस संसारमा सबैजसो मानिसलाई आफ्नो दैनिकी जीवनयापन गर्न कठिन हुने कुरामा दुईमत नभएको  पाउँछौ ।

कोभिड-१९ ले गर्दा हालको अवस्थामा धेरथोर मानिसहरुले लगाडाउनको सदुपयोग गर्दै आफ्नो आइसिटीको प्रयोग बाटा टाढा रहेका नातागोताहरुसँग विदेशमा रहेका छोराछोरीहरु सँग पूर्णरुपले  आउ जाउ गर्न भौतिक रुपले भेटघाट गर्न नसकेपनि प्रविधिको सहायताबाट भर्चुअल र अडियोको प्रयोग गरेर सम्बन्धलाई मजबूत  र नजिक लिएको महसुस गरेको पाउँछौ ।

कोभिड-१९ को कारणले  विभिन्न खालको चाडपर्व धार्मिक भेला सभा-सम्मेलन मनोरञ्जन आदि कार्यहरु भौतिक रुपले मानिसहरुको उपस्थितिमा बन्देज लगाएको समयमा सबै व्यक्तिहरुले प्रविधिको प्रयोगमार्फत एक आपसमा आफ्नो भावनात्मक अबस्था भर्चुअल प्राविधिक प्रयोगबाट साटासाट गरेर संसारको विभिन्न देशमा रहेका व्यक्तिहरुले यस युगमा नयाँ तरिकाबाट आफ्नो पहिचाहन उपस्थिति जनाउँदै आएको पाइन्छ । आइसिटीको उच्चतम प्रयोग गर्दै विभिन्न सञ्चार माध्यमहरूको स्रोत र साधन उपभोग गर्दै सामाजिक सञ्जालहरु बाट विभिन्न गतिविधिहरु गरिरहेको देख्न र देखाउन पाइन्छ ।

जस्तै शिक्षा क्षेत्रमा विभिन्न विश्वविद्यालय तथा विद्यालयमा रहेका शिक्षक विद्यार्थी बीचको दूर  भर्चुअल शिक्षा, विभिन्न देशको राजनैतिक, कुटनैतिक संवादहरु आपसी सहमति सन्धि  सम्झौतामा हस्ताक्षर गरेर सम्बन्धलाई उच्च बिन्दुमा पुर्याएको पाउँछौ । अन्यथा विभिन्न समुदायले मनाउने सामाजिक धार्मिक चाडपर्वहरुमा परिवार आफन्तबीच मनाईने चाडपर्वमा प्रत्यक्ष रुपले उपस्थित हुन नपाएको अवस्थामा आइसिटीको प्रयोगमार्फत एक आपसमा खुशी साटासाट गरेर भव्य तथा  उल्लासका साथ मनाइरहेको पाइन्छ । जस्तै नयाँ वर्ष, जनैपूर्णिमा, तिज, इद, रमजान, क्रिस्मस आदि,  परिवार आफन्त साथीभाइबीच आत्मीयता   साथ धुमधाम आइसिटीको सहायताले भौतिकरुपमा नभएपनि भर्चुअल, अडियो र फोटोको रुपमा सुमधुर सम्बन्ध  स्थापित भएको  पाइन्छ ।

कोरोनाको कारणले हाल विश्वमा दैनिकजसो  आइसिटिमा प्रयोग हुने स्रोत र साधनको उच्च माग बढिरहेको पाइन्छ । जस्तै इन्टरनेट प्रदायक संघसंस्थाको क्षमता वृद्धि, प्राविधिक सामग्री ल्यापटप, कम्प्युटर, मोबाइल, टेयाव, विद्युतीय सामग्री  साथै दक्ष  प्राविधिक जनशक्ति । जुन साधनको सहायता बाट मानिसले आफ्नो विभिन्न किसिमको दैनिकी क्रियाकलापहरु सजिलैसँग एक व्यक्ति, समुदायबाट अर्को व्यक्ति वा समुदाय, क्षेत्रमा सेवा सुविधा पुर्याउनको लागि विभिन्न खालका उपायहरू अवलम्बन गरेको पाइन्छ ।

नेपालजस्तो भौगोलिक विखण्ड दुरदराजमा विकासको क्रममा रहेका देशहरुमा भौतिक प्राविधि र स्रोत साधन उपलब्धता प्राविधिक क्षमता, शिक्षित जनशक्ति, आर्थिक अभावको कारण सञ्चार तथा सूचना प्रबिधिको पहुँचमा सर्वसाधारण समुदायमा पुर्याउन कठिनाई भएको पाइन्छ । आइसिटीको प्रयोग मार्फत विभिन्न खालको सेवा सुविधा प्रदान गर्दै गराउँदै आएकोमा प्रविधिले नयाँ -नयाँ फड्को मारेको भान हुन्छ ।  कोरोनाको प्रभावले गर्दा विश्वसामु प्राविधि बाहेक अन्य विकल्प नरहेको र उच्चतम   क्षमताको साथ दैनिक रुपमा विभिन्न क्षेत्रमा रहेका व्यक्तिहरुले प्रविधिको आत्मसाथ गर्दै अगाडी बढी रहेको पाइन्छ ।

प्रविधिको प्रयोगसँगै यसबाट मानिसले विभिन्न खालको व्यक्तिगत र संस्थागत समस्याहरु पनि दैनिकरुपमा बढिरहेको पाइन्छ । आइसिटीको प्रयोगसँगै मानिसहरूको व्यक्तिगत विवरणहरु दुरुपयोग, चुहावट हुने  गर्छ । समाजमा विभिन्न किसिमको नकरात्मक गतिबिधि  घटनाक्रमहरु, साइबर अपराधहरु दैनिक रुपमा बढिरहेको पाइन्छ ।

आइसिटीको प्रयोगले मानिसलाई आफ्नो विभिन्न किसिमको  कार्यसम्पादन गर्न र गराउन २१औं शताब्दीमा भौतिक रुपले उपस्थिति नभई सम्पादन गर्नको निमित्त  कोभिड-१९को विशेष भूमिका छ । जसले संसारमा रहेको सम्पूर्ण मानिसलाई  प्रविधिप्रति उच्च लगाव, क्षमतावन, प्रविधिको प्रयोगमा प्रोत्साहन गरेको पाइन्छ । हालको समयमा कोभिड-१९ ले गर्दा सुचना तथा संचार प्रविधिको क्षेत्रमा विशेष महत्व पाएको छ।

प्रविधिको प्रयोग सँगसँगै धेरै भन्दा धेरै आर्थिक भार, समय, मानवीय संवेदनाको कार्यलाई सजिलैसँग सम्पन्न गर्न र गराउन सकिने हुन्छ । आइसिटीको प्रयोगमार्फत विभिन्न खालको कामहरु भौतिक रुपले उपस्थिति नहुँदा पनि सम्पन्न गर्दा समयको बचत, कम जनशक्ति प्रयोग गर्न सकिने हुन्छ ।

आइसिटीको स्रोत र साधन प्रयोगमा ल्याएको खण्डमा थोरै समयमा उच्चतम खालका दक्ष जनशक्ति विकास गर्न र गराउन सकिन्छ । नेपाल जस्तो  भौगोलिक विकटता भएको देश र विकास क्रममा रहेको ठाउँमा सजिलैसँग प्रविधिको प्रयोग गरेर जनतालाई सिप विकास, शिक्षा, प्राविधिक तालिम केन्द्रहरूको विकास गरेर अगाडि बढेमा सजिलैसँग जनतालाई सेवा सुविधा दिनमा सफल हुने कुरामा पुर्णारूपले विश्वासिलो हुन सकिन्छ ।

कोभिड-१९ को प्रभावले गर्दा  आइसिटिमा अभिशाप नभएर वरदानको रुपमा स्थापित भएको पाइन्छ । कोरोनाको कहरमा व्यक्तिलाई भौतिक रुपले उपस्थिति नगराए पनि भर्चुअल रुपले आत्मीयता नजिक बनाएको छ । कोभिडको कारण संसारमा मानिसलाई प्रविधिसम्बन्धी ज्ञान, सीप, शिक्षा प्रति लगाव बढाएको पाइन्छ ।  प्रविधिको सहि प्रयोग नगर्दा समाजमा नकारात्मक गतिविधिहरु पनि बढिरहेको पाइन्छ । तर यसको उच्चतम प्रयोगले थोरै समयमा धेरै कार्यसम्पादन, आर्थिक भार कम, समयको बचत र सजिलैसँग सेवा सुविधा उपलब्ध गर्न सकिन्छ ।

तपाइँको प्रतिक्रिया ।