बुढानिलकण्ठ नगरपालिकाको “नागरिक संवाद” शुरु

बुढानिलकण्ठ नगरपालिकाको “नागरिक संवाद” शुरु

कपन अनलाइन

काठमाडौं ,असोज ४।

बुढानिलकण्ठ नगरपालिकाको “नागरिक संवाद” शुरु भएको छ। बुढानिलकण्ठ नगरपालिकामा वसोवास गर्दै आएका विभिन्न क्षेत्रमा योगदान पुर्याएका विज्ञ तथा विसिस्ट व्यक्तिहरु संग छलफल गर्दै नगरपालिकाको योजना तथा कार्यक्रममा समावेस गर्ने उदेस्यले नगरपालिका कार्यालयमा आयोजना भएको कार्यक्रमको शुभारम्भको अवसरमा स्वास्थ्य क्षेत्रका बिज्ञ व्यक्तित्वहरु संग छलफल गरिएको थियो।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेल ,उपप्रमुख रमा राई ,प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा ,नगर प्रवक्ता नवराज भट्टराई लगायतको उपस्थितिमा भएको छलफलमा डा. भगवान कोइराला ,शिव कुमार राई ,पत्रकार गोकर्ण अवस्थी ,पुर्व प्रहरी अतिरिक्त महानिरीक्षक नवराज ढकाल ,तोया नाथ अधिकारी,दिलिप अधिकारी ,डा.केवी घर्ती ,अप्सरा पाण्डे लगायतका बिज्ञहरुको सहभागिता रहेको थियो।

सो नागरिक संवाद कार्यक्रममा नगरपालिकालाई सुझाव दिदै डा. भगवान कोइरालाले नगरपालिकामा रहेका कोरोना संक्रमित बाहेकका अन्य विरामीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न सकिने बताउदै त्यसका लागि स्वास्थ्य टिमको नेतृत्व गर्न तयार रहेको जानकारी गराएका थिए ।अहिलेको विषम परिस्थितिमा अर्थतन्त्र भन्दा स्वास्थ्य प्रमुख रहेको भन्दै डा. कोइरालाले ज्यानलाई खरातामा नपारिकन अन्य गतिविधि संचालन गर्नुपर्ने सुझाव दिएका थिए ।

त्यस्तै सो संवादमा आफ्नो विचार राख्दै पत्रकार गोकर्ण अवस्थीले कोभिड-१९ ले अर्थतन्त्रमा अनिकै ठुलो असर पारेको र त्यसको प्रत्यक्ष मारमा साना ब्यापारी परेकाले उनीहरुको राहतका लागि सहकारी संस्थाहरुलाई ब्याज घटाउन नगरपालिकाले पहल गर्नुपर्ने सुझाव दिएका थिए ।

त्यस्तै पुर्व प्रहरी अतिरिक्त महानिरीक्षक नवराज ढकालले चाड वाडको समयमा हुने घटनाहरुप्रति सचेत हुनुपर्ने बताउदै नगरपालिकाले शसक्त अनुगमन संयन्त्र निर्माण गरेर बजार तथा अन्य क्षेत्रको अनुगमनमा तीव्रता दिनुपर्ने सुझाव दिएका थिए ।

त्यस्तै रोटरियन दिलिप अधिकारीले नगरपालिकाका निम्न आय भएका व्यक्तिहरुका लागि विशेष सहयोगको प्याकेज घोषणा गर्नुपर्ने बताउदै यस्ता कार्यमा विभिन्न सामाजिक संघ संस्थालाई परिचालन गर्नुपर्ने सुझाव दिएका थिए भने तोयानाथ अधिकारीले शिक्षा क्षेत्रमा पारेको असर वारेमा जानकारी दिदै वैकल्पिक पठन पाठनमा नगरपालिकाले बृहत छलफल गर्नुपर्ने सुझाव दिएका थिए।

त्यस्तै शिवकुमार राईले नगरपालिकाले बिज्ञहरुलाई बोलाएर छलफलको शुरुवात गरेकोमा धन्यवाद दिदै आगामी दिनमा हरेक गतिविधिमा प्रत्यक्ष सहयोग हुने धारणा राखेका थिए ।

सोच नेपालको सहकार्यमा भएको सो नागरिक संवादको समापन गर्दै नगरप्रमुख उद्दव खरेलले आगमी दिनमा निरन्तर रुपना अन्य क्षेत्रका व्यक्तित्वहरु संग पनि गहन छलफल गर्दै नगर विकासको अभियानमा सामेल गराउने अभियानको  संबिधान दिवसका दिन शुभारम्भ गरिएको बताएका थिए।

 

 

तपाइँको प्रतिक्रिया ।