संबिधान दिवसको अवसरमा बुढानिलकण्ठ -६ मा सरसफाई तथा दिप प्रज्वलन

संबिधान दिवसको अवसरमा बुढानिलकण्ठ -६ मा सरसफाई तथा दिप प्रज्वलन

कपन अनलाइन

काठमाडौं ,असोज ४।

संविधान दिवसको अवसरमा बुढानिलकण्ठ नगरपालिकाको वडा न. ६ को आयोजनामा बिहान सरसफाइ र बेलुकी दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।
च्यासिन्डोल,धर्मपुर,खडका गाउँ ,खत्री गाउ,वखल गाउँ ,शेराफाट,गणेश चोक ,पासिकोट लगायतका क्षेत्रहरूमा बिहानको समयमा स्वास्थ्य मापदण्ड पालना गरि सरसफाइ गरिएको र साझ खडका भद्रकाली मन्दिर र वडा कार्यालय परिसरमा नेपालको झण्डा सहित दीप प्रज्वलन गरिएको बारे वडा अध्यक्ष नवीन केसी ले जानकारी दिनुभएको छ ।

तपाइँको प्रतिक्रिया ।