असोज १ गते बुढानिलकण्ठ नगरपालिकाका १४ जनामा कोरोना संक्रमण पुस्टि

असोज १ गते बुढानिलकण्ठ नगरपालिकाका १४ जनामा कोरोना संक्रमण पुस्टि

कपन अनलाइन

काठमाडौं ,असोज १।

असोज १ गते बुढानिलकण्ठ नगरपालिकाका १४ जनामा कोरोना संक्रमण पुस्टि भएको छ।असोज १ गते विहिवार वडा नं १ का दुइ जना ,वडा नं ४ का दुई जना ,वडा नं ८ का तिन जना ,वडा नं ९ का दुई जना ,वडा नं १० का २ जना ,वडा नं ११ का दुई जना र वडा नं १२ का एक जनामा कोरोना संक्रमण देखिएको छ।

कोरोना संक्रमण देखिनेमा वडा नं १ की ३० वर्षीय महिला र १ वर्षीय बालक रहेका छन भने वडा नं ४ का २१ वर्षीय महिला र १२ वर्षीय बालक रहेका छन ।

त्यस्तै वडा नं ८ का २८ र ४८ वर्षीय महिला र ५३ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ भने वडा नं ९ का १६ र २७ वर्षीय पुरुष पनि संक्रमित बनेका छन ।

त्यस्तै असोज १ गते वडा नं १० ४६ र ५८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ भने वडा नं ११ का २२ वर्षीय महिला र ४० वर्षीय पुरुष र वडा नं १२ का २९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ।

 

तपाइँको प्रतिक्रिया ।