मुख्यमन्त्री पौडेलको सपना भीमफेदी-कुलेखानी सुरुङ मार्गका लागि संघीय सरकार द्वारा कार्यदल गठन

मुख्यमन्त्री पौडेलको सपना भीमफेदी-कुलेखानी सुरुङ मार्गका लागि संघीय सरकार द्वारा कार्यदल गठन

कपन अनलाइन

काठमाडौं ,असोज १।

बागमती प्रदेश सरकारले प्राथमिकतामा राखेर गौरवको योजनाका रुपमा अगाडी बढाएको  भीमफेदी -कुलेखानी सुरुङ मार्ग निर्माणका लागि  संघीय सरकारले निर्माण  कार्यदल गठन गरेको छ।भाद्र ९ गते भएको अर्थमन्त्री,भौतिक पूर्वाधार तथा यातायात मन्त्री ,बागमती प्रदेसका मुख्यमन्त्री,अर्थ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवको उपस्थितिमा भएको छलफलले संघीय र प्रदेस सरकारको सहलागनिमा निर्माण हुने उक्त सुरुङ मार्गको प्राविधिक ,आर्थिक र कानुनी पक्षको वारेमा अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको थियो।

भाद्र १५ गते भएको मन्त्रि स्तरको निर्णयमा एक महिना भित्र प्रतिवेदन बुझाउने गरि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह सचिव संयोजक र अर्थमन्त्रालयका सह सचिव ,प्रधानमन्त्री तथा मन्त्रि परिषदका सहसचिव ,बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालयका सचिव ,नेपाली सेनाका प्रतिनिधि र भौतिक पूर्वाधार मन्त्रालयले तोकेको प्रतिनिधि सदस्य रहेको कार्यदल गठन गरिएको हो।

बागमती प्रदेसका मुख्यमन्त्री डोरमणि पौडेलले निकै महत्वका  साथ उठाउदै आएको उक्त सुरुङ मार्ग निर्माणका लागि आव  २०७७/७८ को नीति तथा कार्यक्रममा नै पहिलो प्राथमिकतामा राखेको थियो।  प्रदेश नं ३ को राजधानी हेटौंडा र देशकै राजधानी काठमाडौंलाई सहज ढङ्गले जोड्ने तथा देशको आर्थिक विकासमा महत्वपूर्ण सहयोग गर्ने भएकाले सुरुङमार्ग निर्माणलाई प्राथमिकता दिइएको बताउदै आएका मुख्यमन्त्री पौडेलले पालको दीर्घकालीन विकासको कोसेढुङ्गा हुने विश्वास व्यक्त गरेका छन।

 

तपाइँको प्रतिक्रिया ।