भुकम्पबाट सुरक्षित कसरी हुने ?
कपन अनलाइन
काठमाडौं ,भाद्र ३१ /सुमित्रा लुइँटेल
सबैभन्दा पहिले त भूकम्प भनेको के हो ? भू र कम्प मिलेर बनेको यस शब्दले हामी सबैको मुटु थर्काएको छ। साधारण भाषामा भन्दा जमिन हल्लिनु अर्थात् जमिनको कम्पनलाई भूकम्प भनिन्छ । भूकम्प दुई प्रकारको हुन्छ। जमिन अगाडि पछाडि हल्लिनु एउटा प्रकार हो, भने माथितल हुनु अर्को हो । यी दुईमध्ये माथि तल गरेर आउने भूकम्प धेरै विनाशकारी हुन्छ । भूकम्प एक प्राकृतिक प्रकोप हो ।
हामीले आफैँ भूकम्पको सिर्जना गर्न सक्दैनौँ। भूकम्पले ठूलो जनधनको क्षति गर्न सक्छ । ४ रेक्टरभन्दा तलको भूकम्पले हानी पु्याउँदैन । तर, ५ र त्योभन्दा ठूलो भूकम्पले निकै विनाश गर्छ । सबैभन्दा धेरै भूकम्प जाने देश जापान हो । तर, भूबनोट हेर्ने हो भने नेपालको ।
राजधानी काठमाडौं जापान भन्दा कैयौं गुणा बढी भूकम्पीय जोखिममा छ। भूकम्प कसरी आउछ त ? पृथ्वीभित्र धेरै प्लेटहरू हुन्छन् जुन समय समयमा विस्थापित हुन्छ। सामान्य सिद्धान्तलाई अंग्रेजीमा प्लेट टेक्नोनिक्स भनिन्छ । यस सिद्धान्तका अनुसार पृथ्वीको माथिल्लो तह ४० किलोमिटर मोटो हुन्छ । क्रस्टमा विभिन्न प्लेट हुन्छन् ।
सामान्य रूपमा ती प्लेटहरू १० देखि ४० मिमि प्रतिवर्षका गतिले गतिशील रहन्छन् तर कुनै प्लेट १६० मिमिसम्म गतिशील रहन्छन् । प्लेटहरू एक आपसमा ठोकिन्छन् र यसबाट पृथ्वी विस्तापित हुन्छ जब ती प्लेटहरू गतिशील हुन्छन्। तब तिनीहरू एकआपसमा ठोकिन्छन् । ती प्लेटहरू ठोक्किनाले तरंगहरू उत्पन्न हुन्छन् ।
यसरी प्लेटहरू ठोक्किदाको परिणाम सुरु ज्वालामुखी पनि उत्पन्न हुन सक्छ । प्लेट टेक्नोनिकको यस सिद्धान्तअनुसार पृथ्वीको माथिल्लो तहको रूपमा स्पिन स्थलमण्डल जसमा क्रस्ट र माथिल्लो मेन्टलको केही भाग संलग्न हुन्छन् जसलाई प्लेट भनिन्छ । मुख्य रूपमा सातवटा प्लेटहरूले भूकम्पलाई नतिजा दिन्छन् । सामान्यतया ती प्लेटहरूमा ठूलो प्लेटको संख्या सात मानिन्छ ।
त्यसबाहेक कुनै सामान्य र कुनै सानो आकारका प्लेटहरू पनि हुन्छन् । ती प्लेटहरू मुख्य रूपमा अफ्रिकी प्लेट युरेसियाई प्लेट, उत्तर अमेरिकी प्लेट, प्लेटु, दक्षिण अमेरिकि प्लेट, प्रशान्त प्लेट हिन्दु अस्ट्रेलियाई प्लेटहरू हुन् । भूकम्प पृथ्वीको प्लेटहरू एकआपसमा ठोक्किनाले उत्पन्न भएको ऊर्जाका कारण आउँछ । ती प्लेटहरू ठोक्किनाले सिस्मिक तरंगहरू उत्पन्न हुन्छन् जुनचाहिँ भूकम्पको मुख्य कारण हो । भूकम्प नाप्न सिस्मोमिटरको प्रयोग गरिन्छ । भूकम्पको अध्ययनलाई सिस्मोग्राफी भनिन्छ।
भूकम्प रेक्टर स्केलमा नापिन्छ । रेक्टर स्केलको अविष्कार वैज्ञानिक चाल्र्स फ्रान्सिस रिक्टरले गरेका थिए । ३ अथवा यसभन्दा कम रेक्टरको भूकम्पले धेरैजसो केही क्षति पु-याउँदैन । तर, ७ वा ७ भन्दा माथिको तीव्रताको भूकम्पले नेपालजस्तो कमजोर संरचना बनाएका देशमा पूर्ण क्षति निम्त्याउन सक्छ ।
नेपालको इतिहासमा अभिलिखित वि . सं १८९० साल भदौ १२ गते , १९९० साल माघ २ गते , २०४५ साल भदौ ५ गते र २०७२ साल वैशाख १२ गतेको भूकम्पलाई नेपालमा गएका भूकम्प मध्ये ठुला र विनाशकारी मानिन्छन ।
नेपालको भूकम्प इतिहास केलाउदा वि.सं १२१८ रेकर्ड गरिएका मध्ये पहिलो विनाशकारी भूकम्प मानिन्छ।
भूकम्पबाट बच्ने १० उपयोगी उपाय: भुईंचालो जुनसुकै बेला अचानक जान सक्छ । भुईंचालोको बेला तपाईं जहा भएपनि सम्भावित जोखिमबाट बच्न यहाँ उल्लेखित दश कुरा जानि राख्नुहोस् । भुईंचालो जुनसुकै बेला अचानक जान सक्छ । भुईंचालोको बेला तपाईं जहा भएपनिसम्भावित जोखिमबाट बच्न यहाँ उल्लेखित दश कुरा जानि राख्नुहोस् ।
१) आफू र आफ्नो परिवारका लागि सुरक्षित ठाउँ पत्ता लगाउनुहोस्।
२) भूकम्पको झट्का थाहा पाउने वितिक्कै आगोको श्रोतहरु तत्काल बन्द गर्नुहोस् ।
३) हतारमा आत्तिएर बाहिर नभाग्नुहोस।
४) कम्तीमा एउटा ढोका खुल्लै हुने बन्दोबस्त मिलाउनुहोस् ।
५) घरबाहिर हुँदा टाउकोलाई सुरक्षित राख्नुहोस र जोखिमयुक्त वस्तुबाट बच्नुहोस् ।
६) डिपार्टमेण्टल स्टोर वा प्रर्दशनी हल जस्ता ठूला व्यावसायिक केन्द्रमा हुनुहुन्छ भने त्यहाँका गार्ड अथवा कर्मचारीले भने बमोजिम गर्नुहोस् । ७) सवारी साधन चलाउँदै हुनुहुन्छ भने बायाँतर्फ मोडी पार्क गर्नुहोस् । निषेधित क्षेत्रमा नलानुहोस् ।
८) पहिरो, ढुङ्गा तथा चट्टान आदिबाट सावधान रहनुहोस् ।
९) सुरक्षित ठाउँतर्फ जाँदा अत्यावश्यक थोरै सामानमात्र बोकि हिंडेर जानुहोस् । १०) हल्लाको पछि नलाग्नुहोस् । सही सूचना प्राप्त भएपछिमात्र सुरक्षित स्थान तर्क लाग्नुस ।
(सुमित्रा लुइँटेल सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )