छात्रवृत्ति सहितका सुबिधा दिदै लिबर्टी एकेडमी प्लस टु कलेज

छात्रवृत्ति सहितका सुबिधा दिदै लिबर्टी एकेडमी प्लस टु कलेज

कपन अनलाइन

काठमाडौं, भाद्र ३१ ।  गोकर्णेश्वर नगरपालिका वडा नं ८ अत्तरखेलमा संचालित लिबर्टी एकेडमी प्लस टु कलेजले योग्यता, क्षमता र आवश्यकताको आधारमा कक्षा ११ मा नयाँ भर्ना हुने विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने प्रधानाध्यापक ओम प्रसाद ढकालले कपन अनलाइनलाइ बताए।

लामो समय देखि शिक्षा क्षेत्रमा योगदान पुर्याउदै आएको लिबेर्टी एकेडमीका प्रधानाध्यापक  ओम प्रसाद ढकालले शैक्षिक वर्षका लागि नाम दर्ताको क्रम शुरु भएको जानकारी दिदै योग्य तथा जेहेन्दार विध्यर्थिका लागि छात्रवृति लागयतका सुविधा रहेको जानकारी दिएका हुन् ।नियमित पठन पाठन संगै विद्यालयले विद्यार्थीहरुको सृजनात्मक विकासमा प्राथमिकता दिएको भन्दै प्रधानाध्यापक  ढकालले विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार उपयोगी रहेको बताएका छन।लिबर्टी एकेडेमीले कक्षा ११मा हाल व्यवस्थापन सहित विज्ञान, मानविकी र कानुन पढाइ हुदै आएको छ ।

कोभिड १९ को महामारीले विद्यार्थी अभिभाव, विद्यालय, संचालक र सरकार समेत अन्योलमै रहेको अवस्थामा एसईई उत्तीर्ण विद्यार्थीलाई स्कुल तथा कलेज र विषय समूह छनोट गर्न सजिलो होस् भन्ने उद्देश्यले विद्यार्थी तथा अभिभावकहरुलाई भर्च्युल माध्यम बाट उचित परामर्श प्रदान गर्दै आएको लिबर्टी एकेडेमीमा भर्ना हुनको लागि आउने पहिलो २० जना बिद्यार्थीहरुलाई ५० प्रतिशत सम्म छात्रवृत्ति प्रदान गरिने त्यसै गरि एस ई ईमा ४ जीपीए ल्याउने बिद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति गरिने जानकारी गराउदै एस ई ई मा ३.६ जिपिए ल्याउने बिद्यार्थीहरु को साथै  दलित जनजाति र अल्प संख्यकहरुलाई पनि ५० प्रतिशत छात्रवृत्ति प्रदान गर्ने उनले बताए  ।

 अहिलेको समय सुचना प्रविधिको युग भएकोले प्रविधिमैत्री विद्यालय बनाउन लागि परेको  बताउदै  यस कार्यलाई प्रभावकारी बनाउनको लागि शिक्षकहरुलाई अभिमुखिकरण कक्षा, अनलाइन मार्फतनै संचालन गरिएको जानकारी  दिए। लामो समयसम्म विदामा बस्दा विद्यार्थीहरुको अध्ययन गर्ने बानीमा कमी आउने हुदा नयाँ रचनात्मक कार्यका साथै आफुमा भएको ज्ञानलाई प्रविधिको माध्यमबाट बृद्धि गर्नको लागि पनि अनलाइन  कक्षा संचालन  गरिरहेको बताए ।

 उनले कोरोना संक्रमण बढीरहेको अवस्थामा दुर दराज र घरमा बसेर तनाव झेलिरहेका विद्यार्थीहरुको पठनपाठनमा सहयोग पुगोस भनेर लिबेर्टी एकेडमीले भर्च्युल माध्यम बाट पनि कक्षा संचालन गरिरहेको स्पष्ट पार्दै  अनलाइन् दर्ता गरे पछि त्यसमा जोडिन सक्ने बताए ।लिबर्टी एकेडेमीमा कक्षा ११ का लागि भर्ना हुन चाहने बिद्यार्थीहरु लिबर्टी एकेडेमी कलेजमै आएर कलेजका बारेमा जानकारी लिनुको साथ साथै आफ्नो नाम कक्षा ११ को Management, Humanities, Education, Law आदि संकायमा रजिस्टर गर्न सक्नुका साथसाथै अभिभावकहरु र बिद्यार्थीहरुले कलेजको वेबसाइट (http://libertyacademy.edu.np/frontend-admission)बाटै बिद्यार्थीको विवरण रजिस्टर गर्न र भर्ना पनि गर्न सक्ने उनले बताए |

 

 

 

तपाइँको प्रतिक्रिया ।