सहकारीको ५ करोड ६७ लाख ठगी गरी फरार व्यक्ति पक्राउ

सहकारीको ५ करोड ६७ लाख ठगी गरी फरार व्यक्ति पक्राउ

कपन अनलाइन

काठमाडौं ,भाद्र २४।

काठमाण्डौं महानगरपालिका वडा नं २१ न्युरोडमा रहेको नौलो परिवेश वचत तथा सहकारी संस्था लिमिटेडमा प्रवन्धक पदमा ७ वर्ष  कार्यरत रहेका राजकाजी खड्गीलाई प्रहरीले पक्राउ गरेको छ।

उनलाई   उक्त सहकारीको हर हिसाव तथा सहकारीको बैंक खाता सन्चालन समेतको सम्पुर्ण जिम्मा लिई उ हिसाबको विवरण नदेखाई ५ करोड ६७ लाख नगद ठगी गरी फरार भई लुकीछिपी बसेको अवस्थामा   प्रहरी टोलीलेभाद्र  २२ गते  १३ :००बजे जिल्ला ललितपुर म.न.पा वडा नं २३ धापाखेलबाट प्रकाउ गरेको हो।

काठमाडौं महानगर पालिका वडा नं ३१ बस्ने खड्गीलाई  मुलुकी फौजदारी संहिता, २०७४ को दफा २४९ बमोजिम ठगी सम्वन्धी कसुरमा अनुसन्धानको लागि सम्मानित काठमाण्डौं जिल्ला अदालत वाट मिति २०७७/५/२२ गते वाट लागु हुने गरी दिन ५ म्याद थप अगरि  अनुसन्धान भै रहेको प्रहरीले जानकारी दिएको छ।

 

 

तपाइँको प्रतिक्रिया ।