गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा हिउँदे सिजनको तरकारीका बिउ निशुल्क वितरण

गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा हिउँदे सिजनको तरकारीका बिउ निशुल्क वितरण

कपन अनलाइन

काठमाडौं,भाद्र २४। गोकर्णेश्वर नगरपालिका वडा नं ३ ले मंगलबार निशुल्क बिउ वितरण गरेको छ। गोकर्णेश्वर नगरपालिकाको कृषि शाखाले बार्षिक रुपमा सिजन अनुसार बिउ बिजन तथा कृषि सामग्री वितरण गर्दै आएको र यस पटक पनि हिउँदे सिजनका लागि तरकारीका बिउ कृषकहरुलाई वडा कार्यलय बाट सामाजिक दुरी कायम गरि बितरण गरिएको हो । ५६०वडा बाट इच्छुक कृषकहरुलाई सामाजिक दुरी कायम गरि करिब ५सय६० जनालाइ बिभिन्न हिउदे सिजनका बिउ वितरण गरिएको वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारीले कपन अनलाइन लाइ जानकारी गराए।

अत्याधिक मागका कारण हाल लाइ  ५सय६०  जना कृषकहरुलाई  वितरण गरिएको र थप बिउ बिजनको लागि माग गरिएको पनि बताए ।उनले तारेभिर क्षेत्रमा भौगोलिक बिकटताको कारण केहिदिन भित्रमा नै सो स्थानमा स्वयं पुगी बितरण गर्ने पनि जानकारी गराए ।कोरोना महामारीको संत्रासका बीच आन्तरिक उत्पादन लाई बढवा दिन कृषकहरुलाई बिउ-बिजन  वितरण गरिएको उनले बताए  ।

उनले केहि दिन भित्रमा बेर्ना पनि वितरण गर्ने तयारी गरिएको जानकारी गराउदै गोकर्णेश्वर नगरपालिका वडा नं ३ कृषिको लागि उर्भर भएको र कृषकहरुलाई वडाले बिभिन्न कार्यक्रम समेत गर्दै आएको बताए।

 उनले सो बिउ बिजन बितरण कार्य  गोकर्णेश्वर नगरपालिका वडा नं ३ स्वम सेवक,गोकर्ण प्रहरीको सह कार्यमा सम्पन्न गरिएको बताए ।स्वम सेवकले भिडलाई सामाजिक दुरी कायम गराइ मास्क समेत वितरण गरेको जानकारी गराए  ।

तपाइँको प्रतिक्रिया ।