ताप्लेजुङ ओलाङ्चुङगोला लोकमार्गको ट्रयाक खोल्ने कार्य अन्तिम चरणमा

ताप्लेजुङ ओलाङ्चुङगोला लोकमार्गको ट्रयाक खोल्ने कार्य अन्तिम चरणमा

कपन अनलाइन

ताप्लेजुंग ,भाद्र २४ / अमृता नेपाली

भारत र चिनलाइ जोड्ने नेपालकै सबैभन्दा छोटो उतर दक्षिण ओलाङ्चुङगोला लोकमार्गको ट्रयाक खोल्ने कार्य अन्तिम चरणमा पुगेको छ। सो मार्गमा अव   ५ किलोमिटरमात्र ट्रयाक खोल्न बाँकी रहेको छ ।

कोभिड-१९ को प्रकोपमा पनि फक्ताङ्लुङ गाउँपालिका वडा न ६ लेलेपको फेदिखोलाको खोचमा सडकको ट्रयाक खोल्ने काम भइरहेको उतर दक्षिण ओलाङ्चुङगोला कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा इन्जिनियर संजिबकुमार गुप्ताले जानकारी दिएका छन ।

ठुल्ठुला चट्टानका कारण ५ किलोमिटरको ट्रयाक खोल्न भने ढिलो हुने गुप्ताले बताउउदै उनले चट्टानका कारण ब्लास्टिङको काम गर्न नेपाली सेनालाई निवेदन दिएको जानकारी दिएका छन ।

ट्रयाक खोल्न बाकी ५ किलोमिटरमा कन्चनजङ्घा संरक्षण क्षेत्रको बन क्षेत्र परेकाले ६ सय ३८ वटा रुख काट्नु पर्ने हुन्छ ।सो रुखहरु काट्नलाइ सिफारिस गरेपनि मन्त्रीपरिषदबाट कटान आदेश पारित भएर आउन ढिलो भएको गुप्ताको भनाइ रहेको छ ।

चीन र नेपालको सिमाना टिपताला भञ्ज्याङ्बाट ओलाङ्चुङगोलासम्म २३ किलोमिटर सडक ३ बर्ष पहिले स्थानीयको पहलमा र चिनलाइ जिम्मा दिएको ओलाङ्चुङगोलाबाट सदरमुकाम फुङ्लिङ आउने १० किलोमिटर सडक भने खनिसकिएको छ।यो सडक चालू आर्थिक बर्ष २०66/०७८ मा संचालन हुने फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष सरोज एभेङले जानकारी दिएका छन ।

सो लोकमार्ग खुलेपछि ताप्लेजुङ पाचथर तेह्रथुम भोजपुर संखुवासभा लगायत पुर्बको समृद्धिका लागि महत्त्वपूर्ण पूर्वाधार  हुनेछ।

(अमृता नेपाली सुशासन र समृद्धिका लागि संचार अभियानकी  प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।