Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/09/118882313_763702541079652_1511354159505060177_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वर नगरपालिकामा भाद्र २३ गते सम्म ७३ जना कोरोनामुक्त

कपन अनलाइन

काठमाडौं,भाद्र २४। गोकर्णेश्वर नगरपालिकाले नगर भित्रको भाद्र २३ गते सम्मको कोरोना संक्रमणको अवस्थाको बारेमा सार्वजनिक सुचना मार्फत  जानकारी गराएको छ।   उक्त सुचना मार्फत हाल सम्म १०६ जना पुरुष र ७० जना महिला गरि कुल १७६ जना संक्रमित भेटिएको जानकारी गराएको छ ।त्यसै गरि हाल सम्म नगरपालिका भित्र ४५ पुरुष र २८ जना महिला गरि कुल ७३ जना कोरोनामुक्त भएको उल्लेख गरिएको छ। त्यसैगरि हाल सम्म कोरोना बाट १ जनाको मृत्य भएको जानकारी गराइएको छ ।

त्यसै गरि नगरपालिका भित्र होम आइसोलेसनमा अहिले सम ४८ जना पुरुष र ३३ जना महिला गइ १०२ जना रहेको र अस्पतालको आइसोलेसनमा १२ पुरुष र ९ जना महिला गरि कुल २१ जना रहेको उल्लेख गरिएको छ ।त्यसैगरि हाल सम्म २ जना क्रिटिकल रहेको जनाइएको छ।हालसम्म नगरपालिकाले आर डीटि परिक्षण ८६७ जनाको गरेको र हाल आर डीटि परिक्षण स्थगित गरिएको जानकारी नगरपालिकाले दिएको छ ।त्यसैगरि हाल सम्म पिसीआर परिक्षण ९८९ जनाको गरिएको र कन्ट्याक्ट ट्रेसिंग ९३० जनाको गरिएको त्यस मध्ये ३८ जना पुरुष र २० जना महिला गरि ५८ जनामा कोरोना पोजेटिभ देखिएको उल्लेख गरिएको छ ।नगरपालिकाले प्रत्येक दुइ दुइ दिनमा कोरोना अवस्थाको बारेमा जानकारी गराउदै आएकोछ ।

तपाइँको प्रतिक्रिया ।