वी.पी संग्राहलय समिती सुन्दरीजलले वी.पी जयन्तिमा कुनै औपचारिक कार्यक्रम नगर्ने

वी.पी संग्राहलय समिती सुन्दरीजलले वी.पी जयन्तिमा कुनै औपचारिक कार्यक्रम नगर्ने

कपन अनलाइन

काठमाडौं, भाद्र २४  ।आज प्रथम जननिर्वाचित प्रधानमन्त्री वी.पी कोइरालाको १०७ औँ जन्म जयन्ती विभिन्न कार्यक्रम गरी देशभर मनाइदै छ  ।प्रत्येक वर्ष बिपी कोइरालाले बन्दि जीवन बिताएका सुन्दरीजल स्थित वी.पी संग्राहलय वी.पी जयन्तिको दिनमा बिभिन्न कार्यक्रम गर्दै आएकोमा यस वर्ष कोरोना भाइरसका कारण सरकारले लागु गरेको  निषेधाज्ञा तथा बिपी संग्राहलय भूकम्पको कारण क्षेती पुगेको र हाल पुननिर्माणको काम भई रहेकोले वी.पी संग्रहालय समिती सुन्दरीजलले कुनै औपचारिक कार्यक्रम नराखिएकोसंग्राहलयका अध्यक्ष परशुराम पोखरेलले जानकारी गराए।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका  कोइराला विक्रम संवत १९७१ भदौ २४ गते को जन्मिएका थिए । राणा शासन अन्त्य गरी मुलुकमा प्रजातन्त्र स्थापना गर्ने २००७ सालको क्रान्तिको नेतृत्व गरेका कोइराला २०१५ सालमा भएको पहिलो आम चुनावपछि जननिर्वाचित पहिलो प्रधानमन्त्री बनेका थिए  ।कोइरालालाई अपदस्थ गरी २०१७ सालमा राजा महेन्द्रले निरंकुश पञ्चायती व्यवस्था लागू गरेपछि थुप्रै वर्ष कोइरालाले जेल जीवन बिताएका थिए   ।

सुन्दरीजल बन्दी गृहमा राखिएका विपी विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त भएपछि आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताएका थिए  ।उनको  क्यान्सर रोगबाट विसं २०३९ साउन ६ गते निधन भएको थियो ।

 

तपाइँको प्रतिक्रिया ।