लायन्स क्लबले माकालबारीमा आकस्मिक रक्तदान गर्ने

लायन्स क्लबले माकालबारीमा आकस्मिक रक्तदान गर्ने

कपन अनलाइन

काठमाडौं ,भाद्र २२ । सामाजिक तथा मानवीय सेवामा निरन्तर सक्रिय रहदै आएको लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं माकलबारी र थर्ड आइले संयुक्त रुपमा  आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।

 भाद्र २४ गते बुधबार  मकलबारी स्थित लायन्स प्रतीक्षालयमा आवश्यक सुरक्षा मापदण्ड अपनाएर सुरक्षित तवरले  संचालन गर्न लागिएको सो रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गरि मानवीय पुण्य आर्जन गर्न आयोजकले  अनुरोध गरेका छन् ।

 लायन्स क्लबले रक्तदान लगायतका सामाजिक कार्यहरु गर्दै आइरेहेको र बढ्दो कोरोना सङ्क्रमणका कारण देशभर रगत अभाव भइरहेको बेला रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको लायन्स क्लब अफ काठमाडौं थर्ड आईका प्रेसिडेन्ट तथा जोन चियरपर्सन लाइन राजेन्द्र कोइरालाले जानकारी गराए । रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भन्ने उदेश्य सहित आयोजना गर्न लागिएको बताउदै सो रक्तदान कार्यक्रममा इच्छुक स्वस्थ ब्यक्तिहरुलाइ रक्तदान गर्न समेत अनुरोध गरेका छन।

 कोरोना महामारीका सरकारले लागु गरेको निषेधाज्ञाका कारण स्वास्थसंस्थाहरुमा रगतको अभाव बढ्दो क्रममा छ,  सोहि रगत अभाबलाइ केहि भए पनि पूर्ति गर्न सहयोग पुगोस भन्ने उदेश्य सहित भाद्र २४ गते बुधबार   बिहान ९:३० बजे देखि  आयोजना गर्न लागिएको उक्त रक्तदान कार्यक्रममा सहभागी हुनको लागि लायन्स क्लब अफ काठमाडौं माकलबारीका प्रेसिडेन्ट लायन भिष्म बिक्रम रायमाझीले पनि  अनुरोध गरेका छन।

तपाइँको प्रतिक्रिया ।